यस वर्षको रंगोलीको व्यापारः बालेनले फुटपाथमा राख्न नदिँदा व्यापारीमा छैन उत्साह [भिडियाे]

यस वर्षको रंगोलीको व्यापारः बालेनले फुटपाथमा राख्न नदिँदा व्यापारीमा छैन उत्साह [भिडियाे]


तिहारको दिपावालीको दिन अर्थात लक्ष्मी पुजाको दिन घरको मूल ढोकामा रंगोली डिजाईन बनाउने विशेष परम्परा रहेको छ। यस दिनमा विशेषगरी घरमा लक्ष्मी भित्रर्याउन घरको मूल ढोकामा बनाईने रंगोलीलाई समृद्धि र शुभसाइतको संकेत पनि मानिन्छ।  

पहिले–पहिले पिसेको सुख्खा वा गीलो चामल, सिन्दुर, रोली, हल्दी, सुख्खा आटा र अन्य प्राकृतिक रङ्गहरूको प्रयोग गरेर रंगोली बनाइन्थ्यो भने आजभोली रासायनिक रङ्गहरूको प्रयोग बढी हुन थालेको छ।

रंगोली भारतको प्राचीन सांस्कृतिक परम्परा तथा लोक–कला हो। भिन्नभिन्न प्रदेशहरूमा रंगोलीको नाम र त्यसको शैलीमा भिन्नता हुन सक्छ।  तर, यसको पछाडि निहित भावना र संस्कृतिमा पर्याप्त समानता रहेको पाइन्छ। अधिकांश रंगेली स्वस्तिक, कमलका फूल र लक्ष्मीका पदचिह्न आकारमा सप्तरंगी रंगले बनाइएको हुन्छ। 

पहिले–पहिले पिसेको सुख्खा वा गीलो चामल, सिन्दुर, रोली, हल्दी, सुख्खा आटा र अन्य प्राकृतिक रङ्गहरूको प्रयोग गरेर रंगोली बनाइन्थ्यो भने आजभोली रासायनिक रङ्गहरूको प्रयोग बढी हुन थालेको छ।

अधिकांश रंगेली स्वस्तिक, कमलका फूल र लक्ष्मीका पदचिह्न आकारमा सप्तरंगी रंगले बनाइएको हुन्छ। 

यसैक्रममा केन्द्रबिन्दु टोली काठमाडौँको व्यस्त बजार असन र इन्द्रचोकमा रंगोली बेच्न बसेका व्यापारिहरुसँग व्यापारको स्थिती, मन्दीको प्रभाव र पर्वका बेला मानिसहरुको उपस्थितीका विषयमा भलाकुसारी गरेका छौँ।

८,९ वर्ष देखी असनमा रंगोलीको व्यापार गदै आएका सिंघम यो वर्षको तिहारमा खुसी छैन भन्छन् यो वर्ष व्यापारमा खासै वृद्धि भएको छैन सबैलाई सस्तो सामान चाहीएको छ। 

व्यापार नै नभएको पनि होईन तर सोचे जस्तो भएन। भारतदेखी सामान ल्याउनुपर्छ खर्च धेरै र आन्दानी थोरै छ अहिले रंगोली मात्र होईन सबै सामान महंगीएको छ। 

Logo