क्रिस्टियानो रोनाल्डोको कमाई सुन्दा उड्छ होस्, एक दिनकै कमाई यति धेरै [भिडियाेसहित]

क्रिस्टियानो रोनाल्डोको कमाई सुन्दा उड्छ होस्, एक दिनकै कमाई यति धेरै [भिडियाेसहित]


विश्व फुटबलमा विगत दुई दशकदेखि एकछत्र राज गर्दै आएका पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डो अहिले ३८ वर्षका भइसकेका छन्।

रोनाल्डोले अल नासरका लागि खेलेबापत प्रत्येक वर्ष २०० सय मिलियन डलर कमाउँछन्।

२ महिनापछि ३८औं वसन्त पार गरेर ३९औं वर्षमा लाग्ने रोनाल्डो यो उमेरमा पनि विश्व फुटबलमा जारी वर्षकै सबैभन्दा उच्च गोलकर्ताका रुपमा युवा खेलाडी अर्लिङ हाल्याण्ड र ह्यारी केनसँग काधँमा काधँ राखेर हिँडिरहेका छन्। 

बेला-बेला कन्ट्रोभर्सियल कमेन्ट र व्यवहारका कारण मिडियामाझ सधैं चर्चाको शिखरमा रहिरहने रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका सेलिब्रिटि पनि हुन्। 

५ वटा विश्वकप खेलिसकेका रोनाल्डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। आफू फुटबल खेल्न सुरु गरेदेखि पोर्चुगललाई हरेक युरोकप र विश्वकपमा छनौट गराइरहेका रोनाल्डो आफ्नो बाबुको मृत्यु रक्सी सेवनाका कारण भएको हुनाले जिवनभर रक्सी सेवन नगर्ने बताइसकेका छन्। यस्तै निरन्तर रक्तदान गर्ने भनेर रोनाल्डोले शरीरमा ट्याटु पनि खोपाएका छैनन्। 

बेला-बेला कन्ट्रोभर्सियल कमेन्ट र व्यवहारका कारण मिडियामाझ सधैं चर्चाको शिखरमा रहिरहने रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका सेलिब्रेटि पनि हुन्। 

पार्चुगिच क्लब स्पोर्टिङ लिस्वनबाट व्यवसायिक फुटबल खेल्न सुरु गरेका रोनाल्डो म्यानचेष्टर युनाइटेडका लागि ६ वर्ष, रियल म्याड्रिडका लागि ९ वर्ष, युभेन्टसका लागि ३ वर्ष र एक वर्षका लागि पूनः म्यानचेष्टर युनाइटेडमा अनुबन्ध भएका थिए।

हाल साउदी क्लब अल नासरमा अनुबन्धित रोनाल्डो वर्ष २०२६ मा क्यानडा, मेक्सीको र अमेरिकाले संयुक्त मिलेर आजोजना गरिने फिफा विश्वकप खेल्न सक्ने सम्भावना उच्च रहेको छ। 

५ छोराछोरीका पिता रोनाल्डो आफ्नो स्वास्थ्यप्रति निकै सम्वेदनशिल रहन्छन्। ३८ वर्षको उमेरमा पनि रोनाल्डोको शरीरमा ७ प्रतिशत मात्र वडी फ्याट रहेको छ। अधिकांश खेलाडीको शरीरमा १० देखि ११ प्रतिशत वडी फ्याट हुने गर्छ। 

एकवर्षअघि मात्रै साउदी क्लब अल नासरमा अनुबन्ध भएका रोनाल्डोले अल नासरका लागि खेलेबापत प्रत्येक वर्ष २०० सय मिलियन डलर कमाउँछन्। जसमध्ये ७५ मिलियन खेलबाट र १२५ मिलियन व्यवसायिक सम्झौताबाट प्राप्त गर्छन। 

अल-नासरसँग रोनाल्डोको सम्झौता सन् २०२५ सम्म रहेको छ। यति मात्रै होइन रोनाल्डोले नाइकी, बिनान्स, क्लियर र हर्बलाइफसहित धेरै व्यवसायिक कम्पनीहरुसँग व्यक्तिगत साझेदारी पनि गरेका छन्। फोर्ब्सका अनुसार यी साझेदार कम्पनीहरुबाट रोनाल्डोले प्रत्येक वर्ष थप ६ करोड डलर कमाउने गर्छन्।

एक रिपोर्टका अनुसार रोनाल्डोले अहिले प्रतिवर्ष २६० मिलियन, प्रति महिना २१.७ मिलियन, प्रति हप्ता ५ मिलियन डलर, प्रति दिन ७ लाख १४ हजार डलर, प्रति घण्टा २ लाख ९८ हजार डलर, प्रति मिनेट ४९६ डलर र प्रति सेकेन्ड ८.२७ डलर कमाउने गर्छन्। 

यस बाहेक सामाजिक सञ्जालहरुमा पनि रोनाल्डोले पेड पार्टनरसिप अन्तर्गत राम्रो आम्दानी गर्दै आएका छन्। एक सोशल मिडिया एनालिटिक्स कम्पनीले दावी गरे अनुसार रोनाल्डोले इन्स्टाग्राममा एक पोस्ट हाले वापत विज्ञापनदाताहरूबाट ३.३२ मिलियन डलर लिने गरेका गर्छ।

यसैगरी क्रिस्टियानो रोनाल्डोसँग पेस्टाना सिआरसेभेन होटल चेनमा पनि आफ्नो केही प्रतिशत शेयर रहेको छ। तर अहिलेसम्म पेस्टाना सिआरसेभेन होटलबाट रोनाल्डोले कती कमाए अथवा कती कमाउँछन् भन्ने आधिकारिक जानकारी बाहिरिसकेको छैन। 

सन् २०१६ मा रोनाल्डोले नाइकीसँग जीवनकालभरका लागि १ बिलियन डलरमा सम्झौता गरेका छन् जुन रोनाल्डो बाचुनजेलसम्म नाइकीले रोनाल्डोलाई तिरिरहने छ। 

यी बाहेक पनि रोनाल्डोको लगानी दूरसंचार, तेल, एयरलाइन्स, स्टील कम्पनी, औषधि, र गेमिङ वेबसाइटहरूमा पनि रहेको छ।रिपोर्टका अनुसार रोनाल्डोले आफ्नो व्यावसायिक करियरमा हालसम्म १ बिलियन डलरभन्दा धेरै कमाई गरिसकेका छन्। 

आफू फुटबल खेल्न सुरु गरेदेखि पोर्चुगललाई हरेक युरोकप र विश्वकपमा छनौट गराइरहेका रोनाल्डो आफ्नो बाबुको मृत्यु रक्सी सेवनाका कारण भएको हुनाले जिवनभर रक्सी सेवन नगर्ने बताइसकेका छन्।

सक्रिय फुटबल करिअरबाट बिदा लिइसकेपछि आफू कुनै क्लबको प्रशिक्षक वा क्लबको निर्देशक नै बन्न सक्ने रोनाल्डो स्वयंले बताइसकेका छन्।  

Logo