धर्मगुरु श्रीनिवास आचार्य पुगेपछि थप बिथोलिएको दुर्गा प्रसाईंको आन्दोलन, अब के होला ? [भिडियाेसहित]

धर्मगुरु श्रीनिवास आचार्य पुगेपछि थप बिथोलिएको दुर्गा प्रसाईंको आन्दोलन, अब के होला ? [भिडियाेसहित]


मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महा-अभियानअन्तर्गत ‘बृहत् नागरिक मूक्ति आन्दोलन’को पहिलो दिन सडकमा समर्थकहरुको बाक्लो उपस्थिति रह्यो।

प्रसाईं आफ्ना समर्थकसहित गौशालामा प्रदर्शन गर्नका लागि भक्तपुरबाट जाँदै थिए। सोही क्रममा उनलाई प्रहरीले अघि बढ्न रोकेको हो।

राजतन्त्र फर्काउने, बैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै मेडिकल व्यवसायी प्रसाईंले अभियान अन्तर्गत मंसिर ७ गतेबाट सडक प्रर्दशन गरेका हुन्। जसअनुसार पहिलो दिनको प्रर्दशन बल्खुमा तोकिएको थियो।

प्रर्दशनको पहिलो दिन बल्खुमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भयो प्रदर्शनकारी तोकिएको घेरा तोडेर सिंहदरबार जानेभन्दै निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। प्रर्दशनको क्रममा बल्खुमा युवासंघ र पसाइँका समर्थकबीच समेत भडप भएको थियो ।कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको थियो। 

त्यस दिन एमाले निकट युवासंघलेपनि तिनुकेमा प्रर्दशन गरेको थियो ।आन्दोलनको पहिलो दिन देशभरबाटसमर्थकहरुको उल्लेख्य उपस्थिति रह्यो। प्रसाईं समूह र नेकपा एमाले निकट युवा संघले एकैदिन प्रदर्शन गर्ने भनेसँगै दुवै समूहबीचको मनमुटावले खतरा निम्ताउन सक्ने भन्दै सरकारले एक महिनाका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन निषेध गरेको थियो। प्रदर्शनका कारण बल्खु क्षेत्र दिनभरी जस्तो तनावग्रस्त रह्यो।

पहिलो दिन बल्खुमा कार्यक्रम आयोजना गरेको प्रसाइ समूहले दोस्रो दिनको प्रर्दशन तीनकुनेमा तय गरेका थिए। तर काठमाडौं जिल्ला प्रशासनले भने प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नलिएको भन्दै प्रर्दशन गर्न अनुमति दिएन। साथै प्रसाइँलाई भक्तपुरको ठिमीस्थित घरमै नजरबन्दमा राखियो।

उक्त दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेको सुरक्षा व्यवस्था निकै कडा पारको थियो । स्थानीय प्रशासनले प्रसाइँकै सुरक्षालाई मध्यनजर गरेर निगरानीमा राखेको प्रष्टिकरण दियो। उक्त दिन तिनकुने क्षेत्रमा केही फाटफुट्ट संख्यामा देखिएका प्रदर्शनकारीलाई प्रहरीले तत्कालै पक्राउ गर्यो। उक्तदिन प्रसाइँका ३० भन्दा धेरै समर्थक पक्राउ परेका थिए। कतिपयले त ढाकाटोपी, नेपाली पोशाक लगाएकै भरमा पक्राउ गरिएको आरोप समेत लगाएका थिए।

आन्दोलनको तेस्रो दिनसम्म आइपुग्दा पहिलो र दोस्रो दिनको तुलनामा प्रर्दशनकारीको संख्या निकै घटिसकेको थियो। प्रदर्शनका लागि तिनकुने क्षेत्र रोजेका प्रसाईं स्थानीय प्रशासनबाट अनुमति नपाएपछि अन्ततः सिफल जान राजी भए। त्यहाँ पनि उनको समर्थकहरुको संख्या निकै पातलो थियो। 

आन्दोलनको पाचौं दिन गौशालामा प्रर्दशनका क्रममा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवाससहितको टोली आन्दोलमा घुसेपछि प्रदर्शनमा झड्प सुरु भएको थियो।

प्रसाईं समूहले आन्दोलनको चौथो दिन भक्तपुर दरबार क्षेत्रमा कार्यक्रम गर्ने तय गरेको थियो। तर, यो कार्यक्रम स्थगित गरेर कलंकी चोक, बालाजु चोक, बिजी मल र रत्नपार्कमा साँस्कृतिक कार्यक्रम गर्ने तालिका थियो। तर उक्त सांस्कृतिक कार्यक्रम पनि विभिन्न कारणवस रोकियो। समर्थकको संख्या घटेसँगै त्यसदिनको कार्यक्रम अल्लमल्लमै सकियो । चौथो दिनको कार्यक्रम थोरै संख्यामा भक्तपुरको प्रसाइँ निवासबाट सानोठिमीसम्म निकालिएको र्यालीमै सिमित भएको थियो। 

आन्दोलनको पाचौं दिन गौशालामा प्रर्दशनका क्रममा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवाससहितको टोली आन्दोलमा घुसेपछि प्रदर्शनमा झड्प सुरु भएको थियो। झड्पकैबीच धर्मगुरु आचार्य श्रीनिवाससहित दुर्गा प्रसाईंका स्वकीय सचिवलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्रहार गर्नुको साथै लट्ठी चार्ज समेत गरेको थियो। 

पछिल्ला दिनहरुमा उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा उत्रिए पनि त्यसपछि प्रदर्शनकारीको संख्या गिरावट हुँदै क्रमशः छैठौँ दिन अर्थात आजसम्मआइपुग्दा आन्दोलन नै स्थगित भएको छ।

प्रर्दशनको पहिलो दिन बल्खुमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भयो प्रदर्शनकारी तोकिएको घेरा तोडेर सिंहदरबार जानेभन्दै निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको थियो।

मंगलबारको प्रर्दशनका लागि निस्किएका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाट अगाडि नै बढ्न दिएन। प्रसाईं आफ्ना समर्थकसहित गौशालामा प्रदर्शन गर्नका लागि भक्तपुरबाट जाँदै थिए। सोही क्रममा उनलाई प्रहरीले अघि बढ्न रोकेको हो।

Logo