विश्व क्रिकेटको सर्वाधिक सफल खेलाडीमा कोहलीको चर्चा, तर चाहँदैनन् तेन्दुलकरसँग तुलना [भिडियाे]

विश्व क्रिकेटको सर्वाधिक सफल खेलाडीमा कोहलीको चर्चा, तर चाहँदैनन् तेन्दुलकरसँग तुलना [भिडियाे]


भारतीय ब्याट्सम्यान तथा पूर्वकप्तान विराट कोहली एकदिवसीय क्रिकेट विश्वकपको उपाधि चुम्नबाट एक कदम मात्रै पछि छन्।अपराजित रहँदै आयोजक भारत विश्वकपको फाइनलमा पुगिसकेको छ। उपाधिका लागि आइतबार चिरपरिचित प्रतिद्धन्द्धी अष्ट्रेलियाको सामना गर्नेछ।

भारतको फाइनल यात्रामा एक बलियो खम्बा बनेका छन् विराट कोहली। घरेलु मैदानमा सानदार प्रदर्शन गरिरहेका कोहलीले एकैपल्ट क्रिकेटका भगवान् भनिने सचिन तेन्दुलकरको नाममा रहेको ३ कीर्तिमान तोडेका छन्। 

हालकोहलीको कुल अन्तर्राष्ट्रिय शतक ७९ पुगेको छ। उनले टेस्टमा २९ र टी-२० मा एक शतक प्रहार गरेका छन्।

विश्वकप क्रिकेटको सेमिफाइनलमा वानखडे स्टेडियममा न्युजिल्यान्डविरुद्ध खेलमा कोहलीले एकैपल्ट ३ कीर्तिमान राखे। कोहलीले सबैभन्दा बढी शतक, एकै विश्वकपमा सर्वाधिक रन र एकै विश्वकपमा सर्वाधिक ५० बढी रन बनाउने कीर्तिमान आफ्नो नाममा सारे। 

कोहलीले बुधबार आफ्नो ५०औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएर सचिनलाई उछिने। सचिनको ४९औं शतकको कीर्तिमानी तोडिएको थियो।  त्यसअघि आफ्नो ३५ औं जन्मदिनमा कोहलीले ४९औं शतक बनाएका थिए। 

जुन दिन उनको लागि विशेष रह्यो। सोही दिनउनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान बराबरी गर्न सफल भएका थिए। एकदिवसीय र टेस्ट गरी कुल सय शतक प्रहार गरेका सचिनले आफ्नो कीर्तिमान भंग गरेकोमा कोहलीलाई बधाईसमेत दिएका छन्। 

हुन त सन् २०१२ को मार्चमा सचिन आफैँले विराट आफ्नो उत्तराधिकारी हुने भविष्यवाणी गरेका थिए। कुनै समय तेन्दुलकरको लोकप्रियता जस्तो थियो, त्यस्तै लोकप्रियताबाट गुज्रिरहेका छन्, कोहली। क्रिकेट भनेपछि हुरुक्कै हुने भारतीय समर्थक मात्र होइन, क्रिकेट मन पराउने पूरा विश्वमै उनलाई मन पराइन्छ।

कोहलीका लागि सचिन आदर्श रहे। त्यसैले पनि कोहली आफ्नो तुलना तेन्दुलकरसँग चाहँदैनन्। उनी आफ्नो अलग परियच भएको मान्छन्। अनि तेन्दुलरको पनि आफ्नै परिचय थियो। कोहलीले अहिले क्रिकेट किन खेलिरहेका छन् भने त्यसको कारण तेन्दुलकर पनि रहेको कतिपयले टिप्पणी गर्छन्।

कोहली १७ बर्षका हुदाँ उनका बुबाको ब्रेन स्ट्रोकका कारण निधन भयो। त्यसबखत दिल्लीको फिरोजशाह कोटला रंगशालामा कर्नाटकविरुद्धको रणजी खेल चलिरहेको थियो।

दोस्रो दिनको खेलमा अविजित रहेका कोहलीको सोही रात २ बजे बुबाको निधन भयो। त्यस्तो दुखद वातावरणमा समेत कोहलीले ब्याटिङ गर्दै ९० रन बनाएर बुबाको अन्त्येष्टिमा पुगेका थिए। यसले उनको अतुलनीय साहस र कर्तव्यप्रतिको समर्पण प्रत्यक्ष झल्किन्छ। 

कोहलीले अहिलेसम्म २६ हजारभन्दामाथी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन्। सचिन तेन्दुल्करपछि एकदिवसीय क्रिकेटमा १३ हजार रन पूरा गर्ने कोहली दोस्रो भारतीय ब्याट्सम्यान हुन्।

फेब्रुअरी २००८ मा कोहलीको कप्तानीमा भारतले मलेसियाको क्वालालम्पुरमा भएको अन्डर(१९ विश्वकप जितेको थियो। उनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसको ६ महिनाभित्र १८ अगस्ट २००८ मा कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसपछिक्रिकेट मैदानमा उनी थप दृढ भए, खेलमा केन्द्रित भए र कहिल्यै पछाडि फर्किएर हेर्न परेन।

हालकोहलीको कुल अन्तर्राष्ट्रिय शतक ७९ पुगेको छ। उनले टेस्टमा २९ र टी-२० मा एक शतक प्रहार गरेका छन्। कोहलीले अहिलेसम्म २६ हजारभन्दामाथी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन्। सचिन तेन्दुल्करपछि एकदिवसीय क्रिकेटमा १३ हजार रन पूरा गर्ने कोहली दोस्रो भारतीय ब्याट्सम्यान हुन्।

घरेलु मैदानमा सानदार प्रदर्शन गरिरहेका कोहलीले एकैपल्ट क्रिकेटका भगवान् भनिने सचिन तेन्दुलकरको नाममा रहेको ३ कीर्तिमान तोडेका छन्। 

कुन शट कहिले खेल्ने, साझेदारी गर्दा स्कोर बोर्डलाई गतिशील राख्ने योजना, विपक्षी बलरको गहिरो अध्ययन, फिल्ड र पिचको गहिरो बुझाइ कोहलीको खेलका विशेषता हुन्। यस्तोमा कोहलीको तेन्दुलकरसँग तुलना स्वाभाविक बन्छ।

Logo