एसियाकपमा भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ला त नेपाल ? [भिडियाेसहित]

एसियाकपमा भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ला त नेपाल ? [भिडियाेसहित]


१० दिनपछि युएईमा हुने एसिसी यू-१९ एसिया कपको सुरुवात नेपालले उपाधि दाबेदार टोली पाकिस्तानविरुद्ध खेलेर गर्दैछ। प्रतियोगितामा नेपालबाहेक भारत, पाकिस्तान, श्रीलंका, अफ्गानिस्तान, बंगलादेश, यूएई र जापान सहभागी रहेका छन्। 

८ राष्ट्रलाई प्रतियोगितामा समुह ‘ए’ र समुह ‘बी’ गरी दुई समुहमा विभाजन गरिएको छ। जहाँ प्रत्येक समुहमा ४-४ वटा राष्ट्रहरुलाई राखिएको छ। प्रतियोगितामा जम्मा १५ वटा खेलहरु खेलाइनेछ। 

अंक तालिकाको आधारमा प्रत्येक समुहबाट उत्कृष्ट २ राष्ट्रहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।

जहाँ समुह चरणमा प्रत्येक टोलीहरुले एक आपसमा खेल्ने छन्। अंक तालिकाको आधारमा प्रत्येक समुहबाट उत्कृष्ट २ राष्ट्रहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल १५ डिसेम्बरका दिन र १७ डिसेम्बरका दिन फाइनल खेल हुने तालिका रहेको छ। 

यू-१९ एसिया कप यहि ८ डिसेम्बरदेखी १८ डिसेम्बरसम्म युएईमा हुने भएको छ। यसअघि यो प्रतियोगिता पाकिस्तानमा हुने तालिका रहेको थियो। तर भारत पाकिस्तान जान नमानेपछि युएईमा सारिएको हो। समुह ‘ए’ मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन्। यस्तै समुह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान रहेका छन्।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानविरुद्ध आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ। यस्तै दोस्रो खेल १० डिसेम्बरका दिन अफगानिस्तानविरुद्ध खेल्नेछ। नेपालले समुह चरणको अन्तिम खेल १२ डिसेम्बरका दिन भारतविरुद्ध खेल्नेछ। 

नेपाल यदि दोस्रो चरणमा प्रवेश गर्न चाहन्छ भने उपाधिका लागि दावेदार मानिएको राष्ट्र भारत वा पाकिस्तानमध्ये एकलाई हराउनुपर्ने चुनौती नेपालसामु छ। 

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू-१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा छनौट भएका हुन्। 

यू-१९ एसिया कपलाई सन् २०२४ मा आयोजना हुने यू-१९ विश्वकप अघिको तयारीका रुपमा हेरिएको छ। उक्त प्रतियोगितामा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान एकै समूहमा रहेका छन्। यू-१९ विश्वकपमा नेपालले पहिलो खेल १३ जनवरीका दिन न्युजिल्यान्डविरुद्ध,१७ जनवरीका दिन पाकिस्तानविरुद्ध र २० जनवरीका दिन अफगानिस्तानविरुद्ध खेल्नेछ।

एसिया कपमा भारत र पाकिस्तानलाई उपाधिको दावेदारका रुपमा हेरिएको छ। ‘ग्रुप अफ डेथमा परेको नेपाल’ दोस्रो चरण प्रवेश गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै रहेको छ। 

भारत, पाकिस्तान र अफ्गानिस्तान रहेको समुहमा परेको नेपाल उत्कृष्ट २ मा रहन अफ्गानिस्तानलाई हराएर भारत र पाकिस्तानमध्ये एक राष्ट्रलाई कुनै पनि हालतमा हराउनुपर्ने बाध्यता रहेको छ। नेपाल यदि दोस्रो चरणमा प्रवेश गर्न चाहन्छ भने उपाधिका लागि दावेदार मानिएको राष्ट्र भारत वा पाकिस्तानमध्ये एकलाई हराउनुपर्ने चुनौती नेपालसामु छ। 

यू-१९ विश्वकपमा नेपालले पहिलो खेल १३ जनवरीका दिन न्युजिल्यान्डविरुद्ध,१७ जनवरीका दिन पाकिस्तानविरुद्ध र २० जनवरीका दिन अफगानिस्तानविरुद्ध खेल्नेछ।

तीन महिनाअघि सिनियर राष्ट्रिय टोलीले पहिलो पटक एसिया कप खेलेको थियो, जहाँ भारत र पाकिस्तान नै नेपालका मुख्य प्रतिस्पर्धी राष्ट्र थिए। यसैगरी समुह ‘बी’ बाट श्रीलंका र बंगलादेश सेमिफाइनल प्रवेशका लागि दावेदार राष्ट्रहरु हुन्। यी दुई राष्ट्र बाहेक यूएई र जापानको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना न्यून रहेको छ। 

नेपाली यू-१९ टोली अहिले प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा व्यस्त रहेको छ। मुख्य प्रशिक्षक जगत टमाटाका अनुसार पहिलो चरणमा २६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। हाल सिनियर राष्ट्रिय टोलीमा रहेका अलराउन्डर गुल्सन झालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ। 

गुल्सन राष्ट्रिय टोलीका महत्वपूर्ण अलराउण्डर खेलाडी हुन्।आक्रामक ब्याटरका रुपमा परिचित गुल्सन झाले ओमानविरुद्ध विश्वकप छनोटको फाइनल खेलमा बिष्फोटक अर्धशतक बनाएका थिए। उनको यहि अनुभव यू-१९ टिमका लागि निकै फलदायी बन्न सक्नेछ। 

यू-१९ एसिया कप यहि ८ डिसेम्बरदेखी १८ डिसेम्बरसम्म युएईमा हुने भएको छ। यसअघि यो प्रतियोगिता पाकिस्तानमा हुने तालिका रहेको थियो। तर भारत पाकिस्तान जान नमानेपछि युएईमा सारिएको हो।

एसीसी यू-१९ एसियामा नेपालको यो पहिलो सहभागिता भने होइन। नेपालले यो प्रतियोगिता आठौं पटक खेल्न लागेको हो। यसअघि सन् २०१७ को संस्करणमा नेपाली टोली सेमिफाइनलसम्म पुगेर ऐतिहासिक सफलता हात पारेको थियो। ८ टोलीले प्रतिस्पर्धा गरेको उक्त संस्करणमा नेपालले भारत र मलेसियालाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो। 

Logo