फेरि फुट्यो जसपाः उपेन्द्र यादव विदेश भ्रमणमा गएकाे माैका पार्नुकाे कारण के ? [भिडियाेसहित]

फेरि फुट्यो जसपाः उपेन्द्र यादव विदेश भ्रमणमा गएकाे माैका पार्नुकाे कारण के ? [भिडियाेसहित]

केन्द्रबिन्दु
364
Shares

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकै बेला यता पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हो ।

जसपासँग संघीय संसदमा १२ सांसद छन् । विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । यसमा राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत छन् । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

जसपामा सरकारमा सहभागी छ। अध्यक्ष यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ । यसअघि जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बनेको थियो। त्यस्तै, बाबुराम भट्टराईले पनि जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी नेसपा बनाएका थिए।

हुन त उपेन्द्र यादव अमेरिकाबाट फर्किएलगत्तै सरकारबाट बाहिरिने निश्कर्षमा पुगेका छन् । सरकारमा सहभागी हुने बेलामा आफूलाई वरियताक्रम दिने बेलामा नै अपमान गरिएको भन्दै यादव प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका थिए । अहिले सत्ता गठबन्धनमा रहेको मुख्य घटक एकीकृत समाजवादी पनि गठबन्धनबाट बाहिरिने तयारीमा लागेपछि यादवले त्योभन्दा पहिले नै सरकारबाट बाहिरिएर नयाँ गठबन्धन बनाउनको लागि बलियो आधार प्रस्तुत गर्न लागेका हुन् । तर, नेपाल उनी आउनूअगावै पार्टी विभाजित भएपछि नेपाली राजनीतिक माहोल झन् रोचक बन्ने पक्का भएको छ ।

Logo