काठमाडौं । गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।
गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासले बताए ।
गाजा सहरको अल–सिफा अस्पतालमा भएको आक्रमणमा १५ जना घाइते भएकोसमेत उनले बताए । गत अक्टोबर देखि युद्धविराम लागु भएता पनि निरन्तरको इजरायली आक्रमणले गाजा पट्टीमा हिंसात्मक गतिविधि बढिरहेको छ भने कयौँ युद्धविरामका सर्तहरूको अवहेलना गरेको आरोपमा इजरायली सैन्य नियन्त्रणमा छन् ।
इजरायलले युद्धविराम सुरु भए देखि कम्तिमा ९३६ जनाको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा हमास र इजरायल दुवै पक्षले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका ।
युद्धविरामको पहिलो चरणमा इजरायलद्वारा बन्दी बनाइएका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्दी बनाइएका अन्तिम इजरायली बन्धकहरूको रिहाइ समावेश थियो ।
युद्धविरामको दोस्रो चरणमा हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्ती समावेश हुने अपेक्षा गरिएको थियो भने महिनौँ देखि यो प्रक्रियाले प्रभावकारी रुपमा गति लिन सकिरहेको छैन । गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन सेनालाई आदेश दिएको बताए ।































प्रतिक्रिया