जाइर-इमेरीलाई म्यानचेस्टरको ५१ मिलियन पाउण्ड अफर

जाइर-इमेरीलाई म्यानचेस्टरको ५१ मिलियन पाउण्ड अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । म्यानचेस्टर युनाइटेडले टोलीको मिडफिल्ड बलियो बनाउने प्रयासस्वरूप पेरिस सेन्ट-जर्मेन (पीएसजी) का युवा स्टार वारेन जाइर-इमेरीका लागि ५१ मिलियन पाउण्ड बराबरको बोली लगाउने तयारी गरिरहेको छ। यसका साथै क्लबले रोमाका मिडफिल्डर मानु कोनेलाई भित्र्याउने दौडमा पनि आफ्नो स्थिति मजबुत राखिरहेको छ।

अर्कोतर्फ, एलेक्स स्कटलाई भित्र्याउने दौडमा भने युनाइटेडलाई धक्का लाग्ने देखिएको छ। चेल्सीले पठाएको ६४ मिलियन लाख पाउण्डको प्रस्तावलाई बर्नमाउथले अस्वीकार गर्दै स्कट बिक्रीका लागि उपलब्ध नरहेको स्पष्ट पारिसकेको छ।

युनाइटेडले टोटनहाम हट्सपरका १८ वर्षीय प्रतिभाशाली विङ्गर टायनन थम्पसनलाई अनुबन्ध गरेको छ। टोलीको पहिलो रोजाइमा समावेश गर्ने आश्वासनसहित युनाइटेडले ४० लाख पाउण्ड नगद र थप ४० लाख पाउण्ड ‘एड-अन’ गरी कुल ८० लाख पाउण्डको सम्झौतामा उनलाई भित्र्याएको हो।

Logo