फिफाले अर्जेन्टिनालाई सहयोग गरेको आरोप लगाइएको पोस्टमा रोनाल्डोले लाइक गरेपछि…

फिफाले अर्जेन्टिनालाई सहयोग गरेको आरोप लगाइएको पोस्टमा रोनाल्डोले लाइक गरेपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । पोर्चुगलका कप्तान फुटबलर क्रिस्टियानो रोनाल्डोले फिफाले लियोनेल मेस्सीको टोली अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुग्न सहयोग गरेको दाबी गरिएको एउटा सोसल मिडिया पोस्टमा ‘लाइक’ गरेपछि फुटबल वृत्तमा नयाँ तरंग पैदा भएको छ।

४१ वर्षीय रोनाल्डोको टोली विश्वकपबाट बाहिरिएसँगै उनको २० वर्ष लामो विश्वकप यात्राको अन्त्य भएको थियो। अर्कोतर्फ, उनका प्रमुख प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले भने प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गर्‍यो, जहाँ उनीहरू स्पेनसँग पराजित हुन पुगे।

विश्वकपभरि अर्जेन्टिनाका पक्षमा केही विवादास्पद र अनुकूल निर्णयहरू भएका थिए। अल्जेरियाविरुद्धको पहिलो खेलमा मेस्सी रातो कार्डबाट बच्नुदेखि इजिप्टमाथिको ३-२ को जितमा विपक्षीको गोल रद्द हुनेसम्मका घटनाले प्रतियोगितामा निकै चर्चा पाएका थिए।

यसै क्रममा स्पेनिस मिडिया ‘एस्पेहो पब्लिक’ले इन्स्टाग्राममा सेयर गरेको एउटा भिडियो पोस्टलाई रोनाल्डोको आधिकारिक एकाउन्टबाट ‘लाइक’ गरिएको देखिएको थियो। उक्त भिडियोमा पत्रकार पिलार रोड्रिगेज लोसान्टोसले फिफालाई “विश्वकै सबैभन्दा भ्रष्ट संस्थाहरूमध्ये एक” भन्दै आरोप लगाएकी थिइन्। यद्यपि, रोनाल्डोको एकाउन्टबाट गरिएको उक्त ‘लाइक’ पछि भने हटाइएको छ।

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको नजिक पुगेका पाँच पटकका बेलोन डी’ओर विजेता रोनाल्डोले स्पेनसँगको हारपछि खेलाडीका रूपमा यो नै आफ्नो अन्तिम विश्वकप भएको प्रस्ट पारेका छन्। तर, उनले सन् २०२८ मा युके र आयरल्याण्डमा हुने युरो कपमा खेल्ने सम्भावनालाई भने पूर्ण रूपमा नकारिसकेका छैनन्।

Logo