गोलभेँडाको भाउ बढ्यो

गोलभेँडाको भाउ बढ्यो

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार गोलभेँडाको भाउ बढेको छ । आज ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ८० रुपैयाँमा कारोबार भएको छ । जबकि हिजो ठूलो गोलभेँडा ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो ।

आज अघिल्लो दिनको तुलनामा घिरौला १६, परवर १५, चिचिण्डो १८, भिण्डी १५, ब्रोकाउली १९, तथा घिउ सिमी १३ प्रतिशतले घटेको छ । पाकेको फर्सी, हरियो फर्सी, रायो सागको भाउ पनि घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गाजर १००, स्थानीय काउली ९००, लाम्चो भन्टा ८० र तने बोडी १२० रुपैयाँमा कारोबार भएको छ ।

घिउ सिमी १००, टाटे सिमी १३०, भटमासकोशा १५०, तिते करेला ७०, परवर ७०, घिरौंला ८०, पाकेको फर्सी ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । ब्रोकाउली १२०, तामा १२०, भिण्डी ६०, लौका ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

न्यूरो १२०, कन्य च्याउ २२०, डल्ले च्याउ ३८० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो अधिकतम ७२, प्याज ८८ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

Logo