उपत्यकामा बजार अनुगमनः ५० हजारसम्म तिराइयो जरिवाना

उपत्यकामा बजार अनुगमनः ५० हजारसम्म तिराइयो जरिवाना

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो नियमित अनुगमनका क्रममा बुधबार गरेको अध्ययनबाट विभिन्न पसललाई जरिवाना तिराएको छ । विभागले एक फर्मलाई २० हजार जरिवाना तिराएको छ । काठमाडौँमै अर्को एक फर्मलाई दर्ता प्रमाणपत्र नराखेको र मूल्य सूची नराखेको कसुरमा ५० हजार जरिवाना तिराइएको विभागले जनाएको छ ।

विभागले उपत्यकाका १५ स्थानमा बजार अनुगमन गर्दा धेरैजसो व्यापारीले दर्ता, प्रमाणपत्र नराखेको, मूल्य सूची नराखेको तथा खरीद बिल–विजक नराखेको पाएको थियो । विभागले भक्तपुरका विभिन्न ७ स्थानमा गरेको पानीको अनुगमनका क्रममा पानी वितरकहरूलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन भनेको छ । भक्तपुरका चार फर्मलाई यस्तो निर्देशन दिएको विभागको भनाइ छ । धापाखेलमा पानी बिक्री वितरण गर्ने ३ वटा फर्मलाई अनुगमन टोलिले व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन भनिएको छ ।

पुराना तथा थोत्रा जारमा पानी वितरण गर्ने, लेवलिङविना नै पानी बिक्री वितरण गर्ने विभिन्न फर्म कारबाहीमा पर्दै आइरहेका छन् ।

Logo