टाइगरसँगको ब्रेकअपले चम्कियो दिशाको भाग्य

टाइगरसँगको ब्रेकअपले चम्कियो दिशाको भाग्य

केन्द्रबिन्दु
0
Shares

अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै ।

तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर चाहिँ चम्कियो । फिल्ममा लामो संघर्ष गरिरहँदा सफलता हात पार्न नसकेकी दिशाको हातमा अहिले सय करोडमा बनिरहेको पेन–इण्डिया फिल्म छ । यो फिल्ममा टाइगरभन्दा ठूला स्टारसँग उनले काम गर्ने मौका पाएकी छन् । निर्देशक नाग अश्विनको महत्वाकांक्षी प्रोजेक्टमा उनले अमिताभ बच्चन र प्रभास जस्ता स्टारसँग काम गर्ने अवसर पाएकी छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ ।

 फिल्मका लागि प्रभाषको केही दृश्य सुट गरिसकिएको छ । त्यस्तै अर्को साइन्स थ्रिलर फिल्ममा पनि दिशा देखिँदैछिन् । नाग अश्विनको यो दुई भाषा हिन्दी र तेलुगुमा बन्ने फिल्ममा दुलकीर सलमान र महेश बाबुको अभिनय रहनेछ । साउथको ठूलो प्रोडक्सन हाउस वैजयन्ती मुभिजले निर्माण गर्ने यो फिल्म अन्य क्षेत्रीय भाषामा पनि डब हुँदैछ ।

एजेन्सी

Logo