वरिष्ठ गीतकार थापा र संगीतकार गुरुङ नारायणगोपाल स्मृति सम्मानद्वारा विभूषित

वरिष्ठ गीतकार थापा र संगीतकार गुरुङ नारायणगोपाल स्मृति सम्मानद्वारा विभूषित

केन्द्रबिन्दु
0
Shares

स्वरसम्राट नारायण गोपालको ३२औं पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ । 

स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए ।  

उनले भने, ‘नारायणगोपाल वहाँ एक्लो हो जस्तो लाग्दैन समग्र गीत, संगीत नै उहाँमा समाहित छौँ । उहाँ धेरै उपाधि हुनु हुँदैन भन्नुहुन्थ्यो तर उहाँकै धेरै उपाधि भइरहेको छ, यो रोचक छ । ३० को दशमा नारायणगोपाल दाईले राजेन्द्र थापाको फ्यान हुँ भन्नु भन्दा ठूलो सम्मान अरु केही पनि होइन । धेरै नारायणगोपालको बारेमा कार्यक्रमहरु हुन्छन् तर उहाँको गायन पक्षको बारेमा कसैले पनि किन उहाँको स्वरमा जादु थियो ? किन त्यत्ति धेरैमन पराइन्छ भन्ने खोजेको देखिनँ । माला, खादा र खानेकुरमा मात्रै किन यस्ता कार्यक्रम सिमित हुन्छन् ? मैले बुझ्न सकेको छैन । आगामी दिनमा नारायण गोपालको बारेमा विस्तृत अध्ययन हुन जरुरी छ ।’
 
कार्यक्रममा वरिष्ठ संगीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गरे । 

उनले भने, ‘मलाई अहिले सम्झिँदा पनि लाग्छ, नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुन्थ्यो, शरीरबाट नै आवाज निस्किन्थ्यो । मैले अहिलेसम्म त्यस्तो गायक, गायिका भेटेको छैन । मैले पनि उहाँसँग धेरै काम गरेँ । उहाँसँग काम गर्न पनि धेरै रमाईलो हुन्थ्यो ।’
 
स्वरसम्राट नारायणगोपालको ३२ औं पुण्यस्मृति सभा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । 

Logo