तस्विरमा १९औं हस्तकला मेला

तस्विरमा १९औं हस्तकला मेला

केन्द्रबिन्दु
0
Shares

हस्तकलाको सामग्रीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले १९औं हस्तकला मेला आयोजना गरिएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंको बौद्धस्थित होटल ह्यातमा १९औं हस्तकला मेला तथा १७ औं हस्तकला प्रतियोगिता आयोजना भएको हो । 

मंगलबारसम्म चल्ने मेलामा १ सय ५० वटा स्टल रहेका छन् । मेलामा करिब एक लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । हस्तकला प्रतियोगितामा काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानवमुखा कृति भएको गरुड बनाउने विधा र प्राकृतिक रेसाहरुको प्रयोगबाट गलबन्दी बनाउने प्रतियोगिता संचालन गरिएको छ । प्रतियोगिताका विजयीलाई ५० हजार, ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाणपत्रको व्यवस्था रहेको छ ।

 

Logo