गायक हिमाल श्रेष्ठको ‘परेलीले’मा सृजना र विकाश

गायक हिमाल श्रेष्ठको ‘परेलीले’मा सृजना र विकाश

केन्द्रबिन्दु
0
Shares

गायक हिमाल श्रेष्ठको  ‘परेलीले’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ। बुद्ध स्याङवाको एरेन्ज तथा गायक हिमालकै मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । 

आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको भिडियोमा मोडल विकाश चौहान र सृजना कार्कीको अभिनय रहेको छ । सिक्किमकी ख्यातीप्राप्त टिकटक स्टार, सिक्किम गर्ल सृजना र अमेरिकामा बस्दै आएका मोडल विकाशको अनस्क्रिन रोमान्सलाई निर्देशक प्रकाश धितालले कलात्मकशैलीमा भिडियोमा देखाएका छन् ।

‘क’ बाट कछुवा ख खरायो, सानीले, लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक हिमालको ‘देउराली पाखैमा’ बोलको गीतको भिडियो बजारमा आउने क्रममा रहेको छ ।

 

Skip This
Skip This
Logo