बद्री पंगेनिलाई झलकमान लोक संगीतबाट सम्मानित गरिने

बद्री पंगेनिलाई झलकमान लोक संगीतबाट सम्मानित गरिने

केन्द्रबिन्दु
0
Shares

नेपाली लोक संगीत र दोहोरीगीत गायनमा तिन दशक लामो योगदान दिएर समग्र लोक संगीतलाई एउटा माधुर्य उचाइ दिएका गायक बद्री पंगेनिलाई झलकमान लोकसंगीत सम्मानबाट सम्मानित गरिने भएकाे छ । 

बिन्ध्यवासिनी म्युजिक अवार्ड को १३औँ शंस्करण समारोहका बिच रु २५ हजार नगद सहित बिन्ध्याबासिनी फाउन्डेसनले सम्मान गर्न लागेको हो । लाइफ टाइम अचिभमेन्ट अवार्ड,संगीत साधना सम्मान,प्रेम ध्वज संगीत, रत्नसम्मान र कलापत्रकारीता सम्मानका अतिरिक्त यो बर्षबाट झलकमान लोक संगीत सम्मानको बिधा थप भएको आयोजक संस्थाले जनाएको छ । 

नेपालि सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीतलाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्पराको थालनी बिन्ध्यवासिनी म्युजिकले गरेको छ ।

श्रस्ठा र श्रृजना सम्मानमा लाखौँ नगदसहित सम्मान गर्ने नेपालि म्युजिकको ब्यबसायिक संस्थामा पनि बिन्ध्यवासिनी अग्रणी संस्था मानिन्छ। अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहनको मुल नारा सहित सुरु भएको बिन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ शंस्करण आगामी बैशाख २२ गते सम्पन्न हुने फाउन्डेसनले जनाएको छ ।

Logo