विक्की कौशलको सामबहादुर ओटीटीमा देख्न पाइने, २६ जनवरीमा हुँदैछ रिलिज

विक्की कौशलको सामबहादुर ओटीटीमा देख्न पाइने, २६ जनवरीमा हुँदैछ रिलिज

केन्द्रबिन्दु
0
Shares

मुम्बई । गत वर्ष डिसेम्बर १ मा रिलिज भएको विक्की कौशलको फिल्म ‘साम बहादुर’ ले दर्शकको धेरै मन जितेको थियो। यो फिल्मको सीधा प्रतिस्पर्धा रणवीर कपुरको ब्लकबस्टर फिल्म ‘एनिमल’सँग थियो। तर पनि ‘साम बहादुर’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।

साम मानेकशाको जीवनमा आधारित यस फिल्ममा विक्कीले आफ्नो चरित्रलाई पूर्ण न्याय दिएका छन्। अब यो फिल्म ओटीटीमा पनि रिलिज हुँदैछ। जसले थिएटरमा गएर मेघना गुलजार निर्देशित यो फिल्म हेर्न पाएनन्। अब ती व्यक्तिहरूले घरमै बसेर यो फिल्मको मजा लिन सक्छन्।

सिनेमाघरमा धमाका गरेपछि अब यो फिल्म ओटीटीमा आउने तयारीमा छ। सोमबार ओटीटी प्लेटफर्मले तपाइँ घरमा बसेर कहिले फिल्म हेर्न सक्षम हुनुहुनेछ भन्ने जानकारी दिने पोस्टर साझा गरेको छ।

विक्की कौशलको फिल्म ‘साम बहादुर’ गत १ डिसेम्बर २०२३ मा सिनेमा घरमा रिलिज भएको थियो। यस फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन्। अब यो फिल्म गणतन्त्र दिवसको अवसरमा ओटीटीमा रिलिज हुँदैछ।

तपाईंले फिल्म जी ५ मा हेर्न सक्नुहुनेछ। जी ५ ले फिल्मको पोस्टरमा लेखेको छ,‘एक दूरदर्शी नेता,लेजेन्ड र एक सच्चा नायक, साम तपाईको स्क्रिनमा राज गर्न आउँदैछन्। यो जनवरी २६ मा जी ५ मा प्रिमियर हुनेछ।’

समाचार अनुसार ‘सामबहादुर’ ५५ करोडको बजेटमा बनेको फिल्म हो। फिल्मले विश्वभरवाट कुल १३० करोड भारु कमाएको छ। फिल्मकी निर्देशक मेघना गुलजार आफैंले ‘सामबहादुर’ बनाउनका कारणा जीवन परिवर्तन गर्ने अनुभव भएको बताएकी छन्। उनले विक्की कौशलको अभिनयको पनि खुलेर प्रशंसा गरेकी छिन्।

Logo