चेन्नई स्टोरीमा सामन्थाको स्थानमा श्रुति

चेन्नई स्टोरीमा सामन्थाको स्थानमा श्रुति

केन्द्रबिन्दु
0
Shares

मुम्बई । सन् २०२१ को नोभेम्बरमा अभिनेत्री सामन्था रुथ प्रभुले आफू एक इण्डो–ब्रिटिस प्रोजेक्टका लागि ‘डाउनटन एबे’का निर्देशक फिलिप जोनको फिल्म ‘चेन्नई स्टोरी’मा काम गर्न गइरहेको बताएकी थिइन्। तर अहिले आएर फिल्ममा सामन्थाले अभिनय नगर्ने भएकी छन्। उनको स्थानमा अर्की अभिनेत्री श्रुति हासन भित्रिएकी छन्।

फिल्ममा श्रुतिका साथ भारतीय मूलका इङ्ग्लिस अभिनेता विवेक कालराको पनि अभिनय हुनेछ । फिल्ममा एक तमिल महिलाको भूमिकामा देखिन लागेकी सामन्थाले केही समय अभिनयबाट ब्रेक लिने निर्णय लिएपछि निर्माण पक्षले उनको स्थानमा श्रुतिलाई अनुबन्ध गरेको हो।

फिल्मको कथा वेल्समेन अर्थात् विवेक कालराको वरपर घुम्नेछ। जो आफ्नो पिता खोज्नका लागि चेन्नई आउँछन्। फिल्ममा श्रुतिले जासुसको भूमिकामा अभिनय गर्नेछिन्। उनले विवेकको पिता खोज्न मद्दत गर्छिन्।

फिल्ममा केविन हार्ट, विन्सेन्ट डिआनफ्रियो, जीन रेनो, सेम वर्थिङ्टनको पनि अभिनय हुनेछ। फिल्मको छायांकन चेन्नई र कार्डिफमा हुनेछ। अभिनेत्री श्रुति यसअघि फिल्म ‘सालारः पार्ट १–सिजफायर’ मा देखिएकी थिइन्। यो फिल्मले विश्वव्यापी रुपमा ५ सय २० करोड बढी कलेक्सन गरेको थियो।

Logo