‘मिस ग्राण्ड नेपाल २०२४’को घोषणा

‘मिस ग्राण्ड नेपाल २०२४’को घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल २०२४’ हुने भएको छ । आयोजक उमंग क्रिएशनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘मिस ग्राण्ड नेपाल २०२४’को औपचारिक घोषणा गरेको हो ।

यस पटकको मिस ग्राण्ड नेपाल ‘ब्रेभ, बोल्ड, ब्यूटिफुल’ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ ।

सहभागी हुन चाहनेले यही असार मसान्त (असार ३१ गते)सम्म आयोजकले निर्धारण गरेका नियम तथा सर्तहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा १८ वर्षदेखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्नेछन् । आवेदकहरुको उचाइ कम्तिमा पाँच फिट तीन इन्च हुुनुपर्ने आयोजकले जनाएको छ । यस वर्षको मिस ग्राण्ड नेपालको फिनाले अगामी अगष्ट २४(भदौ ११ गते) हुने बताइएको छ । त्यसअघि साउन २३ गते पत्रकार सम्मेलनको आयोजना गर्दै क्राउन अनभिलिङ गर्ने बताइएको छ ।

प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ । प्रतियोगिताका विजेताले मिस ग्राण्ड इनटरनेसनलमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।

Logo