‘ड्रेस टु इम्प्रेसः सीजन १०’मा जिज्ञासा, खुश्बु, सिलु र ईन्द्रावती सर्वोत्कृष्ट

‘ड्रेस टु इम्प्रेसः सीजन १०’मा जिज्ञासा, खुश्बु, सिलु र ईन्द्रावती सर्वोत्कृष्ट

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । फेसन डिजाइनरका विद्यार्थीहरुले आफूद्वारा तयार पारिएका विविधतापूर्ण पहिरनहरु आफैँले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच भएको ‘ड्रेस टु इम्प्रेस सिजन–१०’ विभिन्न चार विधामा चार जना डिजाइनरहरुलाई सर्वोत्कृष्ट भएका छन् । प्रतिस्पर्धामा सहभागि डिजाइनरहरुलाई विभिन्न चार समुहमा विभाजन गरिएको थियो । पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन गरि चार समुहमा विभाजन गरिएको प्रतियोगिता अन्तर्गत चार वटै विधाबाट एक–एक जना डिजाइनरको डिजाइन सर्वोत्कृष्ट भएको हो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित यो फेसन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ प्रतिस्पर्धि नम्बर ३ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको सेतो रङको पहिरन सर्वोत्कृष्ट भएको हो । ‘मेगलफोबिक’ शीर्षकको दोस्रो विधामा प्रतिस्पर्धि नम्बर ३६ खुश्बु सेवा सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको आकर्षक शैलीको पहिरनले प्रतिस्पर्धाका निर्णायकसंगै दर्शकको समेत मन जितेको थियो ।

तेस्रो विधा थियो– ‘क्यारिङ अवे इन डेजाभू’। यो विधामा प्रतिस्पर्धि नम्बर ७७ सिलु बज्राचार्यले बाजी मारिन् । ‘माइथोलोजिकल गार्डेन’ शीर्षकको चौथो विधामा भने प्रतिस्पर्धि नम्बर ११३ ईन्द्रावती क्षेत्रीले डिजाइन गरेको पहिरन सर्वोत्कृष्ट भयो ।

समारोहमा आईआईएफटीबाट फेसन डिजाइनिङ कोर्ष पुरा गरेका ७६ जना विद्यार्थीहरुलाई ग्राजुएसन सर्टिफिकेट प्रदान गरिएको थियो । लोकप्रिय डिजाइनर यूबि थापाले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

चारै जना विजेताहरुले नगद पुरस्कार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका सभापति वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधानसहित निर्णायकहरुको समुहले नगद पुरस्कार, प्रमाणपत्र, स्यास हस्तान्तरण गरेका थिए । आईआईएफटीबाट पासआउट भएका एक सयभन्दा बढी डिजाइनरहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको यो प्रतिस्पर्धामा गायक उदय सोताङ, पत्रकार कृष्ण भट्टराईका साथमा डिजाइनरहरु कुसुम पदम श्रेष्ठ, महेश महर्जन, निशा श्रेष्ठ, गीता मिश्र तथा सुष्मा सिंह निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगितामा मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधान, व्यवसायी सुरबहादुर श्रेष्ठ, प्रदिपमान प्रधान, रोजल शाही, विज्ञापन विशेषज्ञ विवेक श्रेष्ठ, सञ्चारकर्मी उज्वल जंग शाह, अधिवक्ता लक्ष्मण महर्जन, सौन्दर्यकर्मी सुष्पमा महरा, निर्देशक अनिल योञ्जन, सञ्चारकर्मी अरुणा भट्टराई, डिजाइनर यूबि थापा, फोटा पत्रकार प्रदिप राज वन्त, निर्माता हरि मल्ल ठकुरी, इन्टरप्रेनर शाहरुख हुसेन, राजनीतिककर्मी उज्वल कृष्ण श्रेष्ठ, डा.करीना भट्टराई आदि अथितिको रुपमा उपस्थित भएका थिए ।

आईआईएफटीका प्रवन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रमलाई आईआईएफटीको नियमित कार्यक्रम भएको बताउँदै आईआईएफटीका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यो प्रतिस्पर्धा आयोजना गरिएको बताए ।

फेसन डिजाइनिङका विद्यार्थीहरुले हप्तौंदेखिको मेहनत लगाएर तयार पारेका आकर्षक तथा मौलिक पहिरनको प्रदर्शनसहितको ‘ड्रेस टु इम्प्रेस’ ले फेसन पारखीलाई नविनतम् फेसनको बारेमा जानकारी दिनुका साथै सर्वसाधारणमाझ फेसनको क्रेजसमेत बढाउने आईआईएफटीका निर्देशक शिवलाल श्रेष्ठको भनाइ छ ।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरिय कोर्ष अध्यापन गराउँदै आएको छ । आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेका छन् ।

Logo