हरिप्रसाद रिमालको शतवार्षिकीमा राष्ट्रिय नाटक महोत्सव -२०८१ काे शुभारम्भ

हरिप्रसाद रिमालको शतवार्षिकीमा राष्ट्रिय नाटक महोत्सव -२०८१ काे शुभारम्भ

केन्द्रबिन्दु
84
Shares

काठमाडाैं । रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी पारेर पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव -२०८१ राजधानीमा शुभारम्भ गरिएको छ।

स्व. हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवको आईतवार राष्ट्रिय नाचघर जमलमा रहेको हरिप्रसाद रिमाल प्रेक्षालयबाट शुभारम्भ गरिएको हो। महोत्सवको पहिलो दिन याम नारायाण् आचार्य निर्देशित सति कलसा र सुरेश पोर्तेल निर्देशित घरजम नामक दुई नाटक प्रर्दशन गरियो।

समारोहमा फिल्म लेखक, निर्देशक, साहित्यकार तथा कार्यक्रममा प्रमूख अतिथि यादव खरेलले नेपाली नाट्य तथा संगीत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्दै रेडियो नेपालमा रिमालका साथ आफूले पनि संगै काम गरेको स्मरण गरे। उनले नाट्यकर्मी रिमालका साथ काम गरेकामध्ये केहि व्यक्ति मात्र जिवित रहेको र उनीहरुसँग रिमालबारे बाहिर नआएका विषयमा जानकारी लिई जानकारीमूलक पुस्तक प्रकाशन गर्न सुझाव दिए।

समारोहमा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई बशिष्ठले नेपाली नाट्य, गीत, संगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे । उनको शतवर्षिकीको अवसरमा आयोजना गरिएको नाटक महोत्सव पछिल्लो पुस्ताका लागि प्रेरणादायी रहेको जनाउँदै रिमालको योगदानको अभिलेखीकरणमा प्रतिष्ठानले पाईला चाल्ने बताए।

समारोहमा बोल्दै कार्यक्रमका सभाध्यक्ष, प्रतिष्ठानका अध्यक्ष एवम साहित्यकार प्राडा वासुदेव त्रिपाठीले रिमालले नेपाली नाटक र संगीतको क्षेत्रमा आफ्नै युगको सुरुवात गरेको र सो युगको नायक रहेको चर्चा गरे। ‘प्रतिष्ठानका सदस्य सचिव एवंम अभिनेता सम्राट सापकोटाले नाटकप्रेमीहरुलाई मध्यनजर गर्दै यस किसिमको महोत्सवको आयोजना गरिएको बताए। काठमाडौंमा त नाटकघर कलाकार तथा नाटकसम्बन्धि गतिविधी बेलाबेलामा भईरहन्छ। तर मोफसलमा नाटकको माहोल पहिले जस्तो छैन। त्यस कारण पनि हामीले नाटक राजधानी मात्र केन्द्रित मात्र भयो भनेर जिल्लालाई फोकस गरेका छौं।’ उनले भने ।

महोत्सवमा देशका विभिन्न स्थानबाट सहभागीता जनाएका छन्। सम्राटले नाट्यकर्मी रिमालले नाटक स्वभाविक र जीवन्त हुनुपर्छ भन्ने धारणा र त्यसको सुरुवात गरेको समेत बताए।

महोत्सवमा सुदुरपश्चिमबाहेक बाँकी ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये जुरी टिमले प्रदर्शनको अनुमति दिएका ६ नाटक प्रर्दशन गरिनेछ भने उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने छ । प्रतिष्ठानका अनुसार महोत्सवमा विजयी हुनेलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरुप एक लाख रुपियाँ, दोस्रो पुरस्कारस्वरुप ५० हजार रुपियाँ र तेस्रो पुरस्कारस्वरुप २५ हजार रुपियाँ प्रदान गरिनेछ। त्यसै गरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही नगद १५ हजार रुपियाँ पुरस्कारस्वरुप प्रदान गरिने र महोत्सवका लागि राजधानीमा आएको नाट्य टोलीको महोत्सव अवधिभरको खाने, बस्ने र यातायात खर्चको प्रबन्धसमेत प्रतिष्ठानले गर्नेछ।

आईतवार सुुरु भएको महोत्सव भोली मंगलवारसम जारी रहनेछ भने मध्यान्ह १२ बजेदेखि दैनिक दु्ई नाटक मञ्चन गरिने छ। आज सोमवार नीब, नाच नवरंगी र भोली मंगलवार लाशको खेती र शाल्भिया प्रर्दश नगरिनेछ। बुधबार असोज २ गते स्व. रिमालको जन्मजयन्तीको दिन प्रतिष्ठानले नाटकको विजयी घोषणा गर्नेछ भने सोही अवसरमा कलाकर्मी र सञ्चारकर्मीलाई हरेक वर्ष प्रदान गर्दै आइरहेको शताब्दी स्मृति सम्मान पनि प्रदान गर्ने छ।

Logo