नेपाललाई द मिस ग्लोबमा ऐतिहासिक सफलता, मोनिका शीर्ष १५ मा

नेपाललाई द मिस ग्लोबमा ऐतिहासिक सफलता, मोनिका शीर्ष १५ मा

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । नेपालकी मोनिका अधिकारी ‘द मिस ग्लोब, २०२४’को शीर्ष १५ मा अटाएकी छन् ।

अल्बानियामा आज बिहान भएको द मिस ग्लोबको फिनालेमा ७० देश का प्रतियोगीबीच मोनिकाले नेपाललाई शीर्ष १५ सम्म पुर्याएकी हुन् । यो नेपालको द मिस ग्लोबमा पहिलो सफलता हो ।

२० दिनसम्म भएको प्रतियोगितामा मोनिका हेड टु हेड च्यालेन्ज तथा मस्ट पपुलर विधामा समेत फाइनलमा पुगेकी थिइन् । यस प्रतियोगितामा कोलम्बियाले उपाधि जितेको छ भने थाइल्यान्ड दोस्रो भएको छ ।

यस वर्ष मात्र सनुर्वी इन्टेरनेशनलले आयोजना गरेको मिस्टर र मिस नेशनल प्रतियोगिताबाट नेपालको प्रतिनिधित्व गरेका २ बिजेताले अन्तराष्ट्रिय सफलता हासिल गरिसकेका छन् । गत जुलाई मा धिरोज काजी बस्नेत, मिस्टर सुप्रानेशनल २०२४ मा टप २० पुग्न सफल भएका थिए ।

सनुर्वी इन्टेरनेशनलका अध्यक्ष तथा पूर्वमिस्टर नेपाल डा. सन्तोष उपाध्यायले आयोजना गर्ने मिस्टर र मिस नेशनल प्रतियोगिताबाट हरेक वर्ष अन्तराष्ट्रिय सफलता हासिल गर्दै आएको छ । डा. उपाध्याय आफैंले पनि नेपालका लागी मिस्टर सुप्रानेशनल २०२१ मा टप ५ पुग्दै २ सब टाईटल ल्याएर हालसम्मकै उच्च उपाधि हासिल गर्न सफल भएका थिए ।

मोनिकाको यो सफलतासँगै नेपालले अल्बानियाबाट नेपालको नाम विश्व सामु पुर्याएकी छिन् । यसको मदतले नेपालमा आउने युरोपियन पर्यटक पनि बढ्ने विश्वास छ ।

Logo