गायक भीषण मुकारुङको तेस्रो कोशेली ‘खोर्सानी डल्ले ३ बाडुल्की’ सार्वजनिक [भिडियोसहित]

गायक भीषण मुकारुङको तेस्रो कोशेली ‘खोर्सानी डल्ले ३ बाडुल्की’ सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । गायक भीषण मुकारुङ राईले तेस्रो सांगातिक कोशेलीका रूपमा ‘खोर्सानी डल्ले ३ बाडुल्की’ सार्वजनिक गरेका छन् ।

राईकै शब्द, स्वर, र संगीत रहेको उक्त गीतको म्युजिक भिडियो दशैँका अवसरमा सार्वजनिक भएको हो । गीतमा राईसँगै विशाल खालिङ, विक्रम राई, सागर संसार राईको स्वर रहेको छ ।

कलाकार एलिश राईको निर्देशन रहेको म्युजिक भिडियोमा एलिश राई र एलिशा राईका साथै कविता आले मुख्य भूमिकामा छन् । दीपक गिरीले छायांकन गरेको उक्त गीतको म्युजिक भिडियो गायक राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि राईका ‘खोर्सानी डल्ले’ र ‘खोर्सानी डल्ले २ सिम्मा’ सार्वजनिक भइसकेका छन् ।

Logo