स्टेजमै नजर हानाहान, ५ महिना भित्रै बिहे (भिडियोसहित)

स्टेजमै नजर हानाहान, ५ महिना भित्रै बिहे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

‘द भ्वाइस अफ नेपाल’का विजेता सिडी विजय अधिकारीको दैनिकी फेरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा पहिले देखि नै सक्रिय रहे पनि उनको चर्चा तब ह्वात्तै भयो जब उनी ‘द भ्वाइस अफ नेपाल’मा प्रवेश गरे । उनले द भ्वाइस अफ नेपालको उपाधी हात पारेपछि उनको यात्राले नयाँ मोड लिएको छ ।

यसअघि पनि वैदेशिक रोजगारीको शिलशिलामा उनले आफ्नो गायनलाई निरन्तरता दिँदै आएका थिए । यसै क्रममा उनी मलेसियाको एउटा स्टेज कार्यक्रमका लागि पुगेका थिए । जहाँ प्रस्तुती दिन गायिका मनिषा राई पनि आएकी थिइन् । प्रस्तुती दिने क्रममा दुबै जनाको हेराहेर भयो । उनीहरुबीच आँखाको हेराहेर मात्रै होईन मायालु नजर पनि पलायो । उनीहरुबीचको प्रेम यति तिव्रगतिमा झाँगियो कि ५ महिना नबित्दै फक्रियो ।

अन्तर्जातीय विवाहमा बाँधिएका उनीहरुको हाल एक छोरी र एक छोरा छन् । परिवारको साथ सहयोगले मात्र अन्तर्जातीय विवाह सफल भएको उनीहरु बताउँछन् । उनै प्रेमिल जोडी गायक सिडी विजय अधिकारी र गायिका मनिषा राईसँग हामीले अन्तरंग कुराकानी गरेका छौँ ।

भिडियो कुराकानी 

Logo