विवाहको डेढ महिनापछि हनिमुनमा दीपिका र रणवीर

विवाहको डेढ महिनापछि हनिमुनमा दीपिका र रणवीर

केन्द्रबिन्दु
0
Shares

बलिउडको हट कप्पल दीपिका पादुकोण र रणवीर सिंह केही समय अघि विवाह बन्धनमा बाधिएका थिए । विवाहपछि आफ्नो कार्यव्यस्तताले गर्दा उनीहरु एकअर्कासँग समय बिताउन पाएका थिएनन् ।

तर अहिले भने उनीहरु हनीमुनको लागि निस्किएका छन् । विवाह जस्तै उनीहरुले हनिमुन डेस्टिनेशन पनि सेक्रेट नै राखेका छन् । उनीहरु हनिमुन जाने बेला एयरपोर्टमा देखिएका थिए जुन तस्विरहरु अहिले सामाजिक सञ्जालहरुमा निकै भाइरल भईरहेको छ । दीपविर एयरपोर्टमा फुल ब्ल्याक ड्रेसमा एक अर्काको हात समाएर हिडेका थिए ।

उनीहरु न्युएयर र ५ जनवरीमा दीपिकाको बर्थडे मनाएर मात्र फर्कने भारतीय मिडियाले उल्लेख गरेको छ । विवाहपछि दीपिकाको यो पहिलो जन्मदिन हुनेछ । रणवीर आफ्नो फिल्म ‘सिम्बा’ को प्रमोशनमा व्यस्त भएकोले गर्दा हनिमुन प्लान गरेका थिएनन् । ‘सिम्बा’ रिलिज हुने बितिकै अहिले उनीहरु हनिमुनको लागि निस्किएका हुन् ।

Logo