ईतिहासमा अमर कादर खान

ईतिहासमा अमर कादर खान

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड अभिनेता, डायलग तथा स्क्रिप्ट लेखक कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका कादरको उपचारको क्रममा क्यानडामा निधन भएको हो । ४ महिना देखि नै उनी अस्पतालमा भर्ना भएका थिए । उनको अन्तिम संस्कार क्यानडामा नै गरिनेछ ।

कादरमा सहपाटी भनेका हुन, चर्चित बलिउड अभिनेता अमिताभ बच्चन । उनीहरु दुई जना मिलेर धेरै फिल्म समेत खेलका छन् । अमिताभका धेरै हिट फिल्महरु उनै कादरले लेखेका थिए ।

अमिताभले समवेदना दिँदै भनेका छन्, ‘कादर खान प्रतिभाको धनी र फिल्म प्रति समर्पित कलाकार थिए । उनी गज्जबको लेखक थिए ।’
अमिताभ र कादरले दो और पाँच, अदालत, मुकद्द का सिकन्दर, सुहाग, मिस्टर नटवरलाल, कुली, कालिया, शंहशाह र हम समेत गरेर २१ फिल्ममा सँगै काम गरेका थिए ।

कादर खान प्रोग्रेसिव सुप्रान्युक्लीयर पाल्सी डिसअर्डर रोगबाट ग्रसित थिए । यसले शरिरको गती, हिड्ने क्रममा बन्ने सन्तुलन, बोल्ने, निल्ने, हेर्ने, भाव र व्यवहारको साथै सोच पनि प्रभावित पारिदिन्छ । यो रोगको कारण मस्तिष्कको नर्भ सेल्स नष्ट हुन्छ ।

फिल्मी करियरको सुरुवात
कादर खानको जन्म २२ अक्टोबर १९३७ मा काबुलमा भएको थियो । १९७३ मा एस चोपडाको फिल्म ‘दाग’ बाट फिल्मी करियर सुरु गरेका थिए । उनले सन् १९७० देखि ८० को दशकसम्म केहि फिल्मको कथा लेखे । स्क्रिप्ट राईटिङ सुरु गर्नुभन्दा अघि मुम्बईको एमएच साबु सिद्दकी इन्जिनियरिङ कलेजमा लेक्चरर थिए । उनको परिवारमा श्रीमती अजरा र दुईजना छोरा सरफराज र शहनवाज खान छन् ।

उनले लगभग ३ सय फिल्ममा काम गरेका थिए भने २ सय ५० फिल्मको संवाद लेखेका थिए । एक इन्टरभ्युको क्रममा कादर खानले भनेका थिए, ‘म अमिताभ बच्चन र जया प्रदा र अमिश पुरीलाई लिएर फिल्म जाहिल बनाउन चाहन्थे । त्यस फिल्मको निर्देशन पनि उनी आफै गर्न चाहन्थे । तर कुली फिल्मको सुटिङको क्रममा अमिताभलाई चोट लाग्यो र उनी अस्पतालमा नै भर्ना हुन पर्‍यो । त्यसपछि अस्पतालबाट फर्केपछि उनी अर्को फिल्ममा व्यस्त भए । अमिताभ पनि राजनीतिमा व्यस्त भए । सपना अधुरो नै रह्यो ।’

Logo