अन्ततः विदा भए बलिउड हस्ति कादर खान

अन्ततः विदा भए बलिउड हस्ति कादर खान

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड सिनेमाका प्रसिद्ध अभिनेता कादर खानको निधन भएको छ । उनका छोरा सरफराजले बाबुको निधन भएको पुष्टि गरेका छन् । यसअघि हिजो नै निधन भएको खबर सार्वजनिक भएको थियो । तर उनको अवस्था एकदमै गम्भीर रहेको सरफराजले बताएका थिए ।

८१ वर्षीय खानको उपचारको क्रममा क्यानडामा निधन भएको हो । उनी एक अभिनेतासँगै डायलग लेखक पनि थिए । उनको स्वास्थ्यबारे केही समयदेखि मिडिया, सामाजिक सञ्जालमा चर्चामा आईरहेको थियो । उनका प्रशंसकहरु शोकमा समेत डुबेका छन् ।

उनी ‘प्रोगे्रसिभ सुप्रान्युक्लियर पाल्सी’ नामको रोगबाट पिडित थिए । निधनपछि बलिउडकर्मीहरुले समवेदना प्रकट गरेका छन् । उनी बिरामी परेको खबर आएपछि अमिताभ बच्चनले ट्वीटर गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए । तर अन्ततः उनी विदा भए । अमिताभ र कादर खानले धेरै फिल्ममा सँगै काम गरेका छन् ।

Logo