यस्तो जाडोमा दीपिकाको हट अवतार

यस्तो जाडोमा दीपिकाको हट अवतार

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । यो वर्षभरी नै सबैभन्दा बढी मिडियामा छाईन बलिउड नायिका दीपिका पादुकोण । सन् २०१८ को अन्तसम्म पनि उनी चर्चामै छिन् ।

फिल्मफेयर म्याग्जिनको लागि बोल्ड तस्बिर खिचाएर फेरि चर्चामा आएकी छन् । हालै रिलिज भएको यस म्याग्जिनको कभरमा दीपिका ‘अर्बन–कुल’ लुकमा असाध्यै ग्ल्यामर देखिएकी छन् । अहिले दीपिकाको फोटोले बजार तातेको छ ।

यस्तो लाग्छ उनी फेसन प्रति निकै नै सचेत छिन् । चाहे ब्राइडल फेसन होस वा वेस्र्टन कपडामा । उनको फेसनले प्रशंसकहरुलाई कहिले पनि निराश पार्दिनन् । यस अघि पनि जीक्यु पत्रिकाको कभरमा दीपिकाको ‘सिजलिङ हट र सेक्सी’ अवतारले सबैको ध्यान खिचेको थियो ।
फोब्र्सको सूचीमा टपमा परेपछि दीपिका पादुकोणको २०१८ को शिर्ष भारतीय स्टारको नाम दिइएको छ । यस वर्ष उनको लागि सबैभन्दा फलिपाप साबित भएको छ । उनको एकपछि अर्को फिल्म बक्स अफिसमा हिट भइरहेको छ ।

एकातिर उनको यसै वर्ष प्रर्दशित फिल्म पद्यमावतबाट उनले प्रशस्तै प्रशंसा बटुलेकी छिन् । अर्कोतर्फ रणबीर सिंहसँग नयाँ जीवनको सुरुवात गरेकी छिन् । उनीहरुको विवाहले मिडियामा राम्रै स्थान पायो । दीपिका पादुकोण यस वर्षको सबैभन्दा बढि न्युजमेकर रहेकी छिन् ।

हाल उनी मेघास्टार गुलजारद्धारा निर्देशित एसिड अट्याक सर्भाइवलको सत्य घटनामा आधारित फिल्मको तयारीमा व्यस्त छिन् । ‘छपाक’ मा दीपिका पादुकोण सह–निर्माता रहनेछिन् । यस फिल्ममा दीपिका एसिड अट्याक पिडित लक्ष्मी अग्रवालको भुमिका निभाउनेछिन् ।

Logo