कादर खानप्रति गलत अफवाह, क्यानडामा उपचार जारी

कादर खानप्रति गलत अफवाह, क्यानडामा उपचार जारी

केन्द्रबिन्दु
0
Shares

बलिउड सिनेमाका प्रसिद्ध अभिनेता कादर खानको मृत्यु भएको भन्दै अफवाह फैलिएको छ । भारतीय सञ्चारमाध्यमहरुले ब्रेकिङको नाममा कादरको गएराति निधन भएको बताएका थिए ।

अल इन्डिया रेडियोको ट्वीटर पेजमा यस खबरको पुष्टि गर्दै आत्माको शान्तीको प्राथना गरिएको थियो । उनका प्रशंसकहरु शोकमा समेत डुबे । सोसल मिडियामा उनको निधन भएको हल्ला फैलियो । तर उनको छोरा सरफराजले यो खबर झुठो भएको जानकारी दिएका छन् ।

८१ वर्षका उनी अहिले सिकिस्त बिरामी छन् । उनलाई भेन्टिलेटरमा राखिएको छ । उनलाई क्यानडाको अस्पतामा भर्ना गरिएको छोरा सरफराजले जानकारी दिए । मिडियाको रिपोर्टस अनुसार उनलाई सास फेर्न गाह्रो भएको थियो । उनी ‘प्रोगे्रसिभ सुप्रान्युक्लियर पाल्सी’ नामको रोगबाट पिडित छन् ।

कादर खान केहि दिन अघिदेखि चर्चामा छन् । उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बलिउडकर्मीहरुले ट्वीट गरेका छन् । उनी बिरामी परेको खबर आएपछि अमिताभ बच्चनले ट्वीटरमा उनको स्वास्थ्य लाभको लागि भगवानसँग प्राथना गरेका छन् ।

अमिताभ र कादर खानले धेरै फिल्ममा सँगै काम गरेका छन् । क्यानाडाको अस्पतालमा उपचारत उनको साथमा छोरा र बुहारी छन् ।

Logo