‘चपली गर्ल’ विनिता बराल एकाएक किन भईन भाइरल ? (भिडियो रिपोर्ट)

‘चपली गर्ल’ विनिता बराल एकाएक किन भईन भाइरल ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अक्टुवर ८ सन् १९८९ मा चितवनमा जन्मिएकी बिनिता बराल नेपाली चर्चित अभिनेत्री तथा लेखिका हुन् । केहि नाटक, संगित, भिडियो तथा बिज्ञापनहरुमा काम गरेकी बिनिताको चर्चा तब ह्वात्तै चुलियो जब उनले नेपाली चलचित्र चपली हाइटमा अभिनय गरिन् ।

नेपाली चलचित्र चपली हाइटमा बोल्ड सिन दिएको कारणले गर्दा नै उनको एकाएक चर्चाले शिखर चुम्यो । उनले अभिनय गरेको उक्त चलचित्रले नेपाली घरेलु फिल्महरुको सबै रेकर्ड तोडिदिएको थियो ।

पुरातनवादि फिल्महरु एकाएक टुंगिएको अनुभव गर्न थाले नेपाली दर्शकहरुले । नेपाली पुरातनवादी चलचित्रहरुलाई पाखा लगाउँदै नयाँ रंग र नयाँ किसिमको चलचित्र निर्माणको उदय भएको सबै दर्शक एवम् नेपाली फिल्म क्षेत्रलाई मन पराउनेहरुले बिश्वास गरे ।

पुरातन सोचलाई नकार्दै नेपाली सिनेमामा बोल्ड छवीमा उदाएकी नायिका विनिता बेला बेला चर्चामा आउने गरेकी छन् । थप तलको भिडियोमाः

Logo