तमु ल्होसारः कुकुर वर्षको अन्त्य, मृग वर्षको सुरुवात (फोटोफिचर)

तमु ल्होसारः कुकुर वर्षको अन्त्य, मृग वर्षको सुरुवात (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गरि आजदेखि नयाँ वर्षलाई स्वागत गरेका छन् । कुकर वर्षलाई अन्त्य गर्दै मृग वर्षलाई स्वागत गर्दै उनीहरुले तमु ल्होसार मनाएका हुन् । तमु ल्होसारको अवसरमा काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा गुरुङ जातिहरु आफ्नो मौलिक पोषाकमा सजिएका थिए । तमु ल्होसार नेपालमा मात्र नभएर विश्वका अन्य देशमा समेत मनाइने गरिन्छ ।

प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तुलाई प्रतिकका रुपमा लिईने चलनअनुसार मनाइने यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा र इतिहास रहेको छ ।

आजबाट कुकुर वर्ष सकिएर मृग वर्ष सुरु भएको छ । गुरुङ जातिले यो पर्वमा मान्यजनहरुको आशिवार्द लिने र शुभकामना आदानप्रदान गरिने, राम्रो लगाउने र मीठोमीठो खाने कुराहरु खाने गर्दछन् ।

किन दिईन् सार्वजनिक बिदा ?


तमु ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा नदिएको गुरुङ समुदायले आपत्ति जनाएका छन् । सरकार भनेको हाम्रो अभिभावक हो र जब सम्म सरकारले सबै जातजातिलाई सम्मान रुपमा समेट्न सक्दैन तब सम्म समृदि नहुने उनीहरुको भनाई छ ।

तमु ल्होसार कार्यक्रम मुल आयोजक समितिका महासचिव लोट बहादुर गुरुङले सरकारले आफुहरुलाई सार्वजनिक विदा नदिएर विभेद गरेको बताए ।

गुरुङ जातिको बढी बाहुल्यता रहेको गण्डकी प्रदेशमा मात्र आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ समुदायको मुख्य थलो मानिएको गण्डकी प्रदेश मात्र विदा दिईएको हो ।

Logo