विपिन कार्की एक, रुप अनेक (भिडियो रिपोर्ट)

विपिन कार्की एक, रुप अनेक (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तपाईं ‘भष्मे डन’ लाई चिन्नुहुन्छ ? ‘फणिन्द्रप्रसाद’ लाई नि ? ‘बिन्दु परियार’ लाई देख्नुभएको छ ? ‘बाबुराम परियार’ लाई त ठम्याउन सक्नुहुन्छ होला ?

अब भष्मे डन र फडिन्द्रप्रसादको कुरा गरौं । यदी तपाई नेपाली फिल्मको नियमित दर्शक हुनुहुन्छ भने यी सबै चरित्रसँग सम्भवत तपाई परिचित हुनुहुन्छ । किनभने केही समयको अन्तरालमा यि भिन्न भिन्नै चरित्रले दर्शकको मन जितेको छ ।

उनको पछिल्लो नाम हो बाबुराम परियार । जो अहिले प्रदर्शित फिल्म ‘प्रसाद’ का मूख्य पात्र हुन् । फिल्ममा निरिह र सोझो श्रीमानको भूमीकामा उनी जीवन्त लाग्छन् ।

यतिवेला प्रसादको मुख्य पात्र बाबुराम परियार उर्फ विपिन कार्कीको अभिनयको प्रंशसा भइरहेको छ । उनको चर्चा ‘भर्सटायल एक्टर’ को रुपमा बढी छ । नेपाली फिल्म इन्डस्ट्रिको छ दशक लामो इतिहास हेर्ने हो भने औलामा गन्न सकिने मात्रै यस्ता कलाकार छन् ।

गहिरिएर हेर्ने हो भने एकाध कलाकारहरुले मात्रै अभिनयको हिसावले सफलताको स्वाद चाख्न पाएका छन् । यही पत्तिंmमा थपिएको नाम हो विपिन कार्की । थप भिडियोमाः

Logo