मध्यरातमा मनाए सलमानले ५३ औं जन्मदिन, पूर्व प्रेमिकासँग रोमान्स

मध्यरातमा मनाए सलमानले ५३ औं जन्मदिन, पूर्व प्रेमिकासँग रोमान्स

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड सुपरस्टार अभिनेता सलमान खानको आज ५३ औं जन्मदिन । उनले बुधबार राती आफ्नो जन्मदिन पनवेलस्थित फार्म हाउसमा मनाएका छन् ।

खानले बलिउडका केहि हस्ति, मिडियाकर्मी र साथीभाई माझ बर्थ डे केक काटेका थिए । सलमानको पनवेल फार्म हाउसमा कट्रिना कैफ, अनिल कपूर, सोनाक्षी सिन्हा, कृति सनन, मौनी राय लगायतका बलिउड हस्तिहरु पुगेका थिए ।

सलमानको भूतपूर्व प्रेमिका कट्रिना कैफ पनि उनको बर्थ डे पार्टीमा पुगेकी थिइन् । सलमानले आफ्नो जन्मदिनमा डान्स गरेका थिए ।

जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल नै भएको छ । अहिले सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा उनलाई जन्मदिनको शुभकामना दिनेहरुको ओइरो लागेको छ ।

Logo