सधै आमाको मायाबाट पीडित रबि ओड (भिडियो रिपोर्टसहित)

सधै आमाको मायाबाट पीडित रबि ओड (भिडियो रिपोर्टसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल आइडल सिजन–२ को उपाधी घोषणा भईरहेको बेला कञ्चनपुरको कृष्णपुरमा एक सानो झोपडीमा रौनकता छाईरहेको थियो । घरमा गाउँभरका अधिकाशं मानिस भेला भएका थिए । गत पुस ६ गते राति करिब १० बजेतिर विजेता घोषणा भईरहँदा सबैको मनमा कौतुहल्ता थियो ।

जब रबि ओड नेपाल आइडल सिजन–२ को विजेता घोषणा गरियो । उनको गाउँमा रहेको घरमा एकाएक रौनता छायो । विजुली नभएर अन्धकार घर एकाएक उज्यालोमय बन्यो । घरमा उनकी आमा ४५ वर्षीया बिस्ना ओड निकै उत्साहित थिईन् । उनको मनमा छोरा नै नेपाल आइडल विजेता हुने लागेको थियो । नभन्दै उनी दोस्रो नेपाल आइडल बने ।

नेपाल आइडल दोस्रो सिजनको उपाधि जितेर घर फर्किएपछि उनको घरमा आमा विष्नासहित गाउँका सानीआमा, ठूलीआमाहरू रविलाई स्वागत गर्न घरबाहिर लहरै उभिएका थिए । आमा, सानीआमा, ठूलीआमा लगायतले फुलमाला र अबिर लगाईदिए । त्यक्तिकैमा रविकी आमा विष्नाले हर्षका आसु झारिरहिन् ।

‘जन्मदिने मम्मी अहिले हुनुहुन्न । उहाँले यति माया दिनुभयो, साथ दिनुभयो, सपोर्ट दिनुभयो कि मलाई अर्को ममीको पनि त्यति याद आउन्न’, यसो भनेर आमालाई अँगालो हाल्दा विष्नाका आँखाबाट खुसीका आसु झरेका थिए । आमासँगै उनका पनि आँखाबाट आशु थामिएनन् । खुशीयाली छाईरहेको घरमा एकाएक सबैलाई स्तव्द बनायो ।

कृष्णपुरमा टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा उनी जन्मिए । वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान । रवि ८ वर्षको हुँदा उनकी आमा उमाको निधन भयो । बाल्यकालमा आमाको न्यानो माया पाउनुपर्ने बेला उमाले सधैको लागि छोडेर गईन् । एकातिर चरम गरिवी अर्कोतिर आमा गुमाउँदाको पीडा । त्यो रबिलाई मात्र थाहा छ ।

रविको बाल्यकाल निकै संघर्षपूर्ण थियो । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी पनि भए । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी बनेका थिए ।

जन्मदिने आमा वितेको केही समयपछि बाबुले अर्को विवाह गरे । कान्छी आमाको रुपमा घर भित्रिएकी विस्नाले रबिलाई कहिल्यै पराई हुन दिईनन् । उनले सधै माया मात्र दिईरहिन् । त्यही मायाले गर्दा रबिलाई कहिल्यै पनि आफ्नो जन्म दिने आमाको याद आएन् । हाम्रो समाजमा सौतेनी आमाप्रति निकै नै नकारात्म धारणा छ । तर बिस्नाले त्यो धारणालाई चिर्दै आमाको न्यायो माया दिईरहिन् ।

नेपाल आइडल विजेता बनेर गाउँ घरमा सम्मान थापिरहेका रबिलाई एकाएक बज्रपात नै परेको छ । पुरस्कारमा पाएको नगद २२ लाख र एउटा कार आमा बाबुलाई नै समर्पण गर्ने रबिको चाहना थियो । उनले सबैभन्दा पहिला एउटा राम्रो घर बनाएर आमाबाबुलाई सुख दिने योजना बनाईरहेका थिए ।

उनी आमालाई भन्थ्ये ‘आमा अब तपाई हाम्रा दुःखका दिन सकिए । अब म तपाईलाई सुःखमा राख्छु ।’ तर उनको त्यो सपना पुरा गर्न नपाउँदैं कर्म दिने आमाले पनि छोडेर गईन् । उनी सधै आमाको मायाबाट पीडित बनेका छन् ।

उनकी आमा विस्नाको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

Logo