मिना ढकालले मनाईन पहिलो डिभोर्स एनिभर्सरी, काटियो केक

मिना ढकालले मनाईन पहिलो डिभोर्स एनिभर्सरी, काटियो केक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालका चर्चित हास्यकलाकार मनोज गजुरलेकी पूर्वपत्नी मिना ढकालले डिभोर्स एनिभर्सरी मनाएकी छन् । सम्बन्धविच्छेद गरेको एक वर्ष पुरा भएको उपलक्ष्यमा मिनाले केक काट्दैं डिभोर्स एनिभर्सरी मनाएकी हुन् । उनले नयाँ बानेश्वरस्थित आफ्नै बुटिकमा पत्रकार सम्मेलन गरि केक काट्दै डिभोर्सको खुसियाली मनाएकी हुन् ।

गत वर्ष आजकै दिन उनीहरुले डिभोर्स गरेका थिए । ढकालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दैं आफू स्वतन्त्र भएको एक वर्षको उपलक्षमा वार्षिकोत्सव मनाउने जनाएकी थिईन् । उनले लेखेकी थिइन, ‘भोलि ११ गते म स्वतन्त्र भएको उपलक्ष्यमा मेरा आत्मिय शुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रणा गर्दछु ।’

आज सम्पन्न भएको डिभोर्स एनिभर्सरी कार्यक्रममा मिनाले भनेकी छन् ‘म आफ्नो क्षमता, खुबी, आत्मविश्वास, सिधा, प्रष्ट, निडर भएर बोल्न सक्ने अनि यो पुरुष प्रधान समाजमा एउटा चुनौती दिँदैं अघि बढ्न खोज्ने महिलाको रुपमा म आम नागरिक माझचिर परिचित नाम हो मीना ढकाल ।’

साथै उनले फेसबुकमा आफ्नो नाम मिसन मिना ढकाल राख्नुको कारण समेत बताएकी छन् । उनी भन्छिन्, ‘बाइस वर्ष गुमनाम जीवन बिताएर बाहिर आइसकेपछि मैले आफ्नो जीवनमा नयाँ मिसन राखेको छु र अब समाजमा म एउटा छुट्टै खालको नारी भएर चिनिन चाहन्छु ।’

बाइस वर्षको वैवाहिक सम्बन्ध टुटेपछि आफ्नो छुट्टै पहिचान बनाइसकेको उनी बताउँछिन् । ‘आजको यो चियापान र भेटघाट कार्यक्रम मेरो एक वर्ष देखि कै योजना हो’ उनले भनिन्, ‘म आजको दिनलाई स्वतन्त्रता दिवस भन्न रुचाउँछु । आजको दिन मेरो जीवनको सबै भन्दा ठुलो उपलव्धि हो किनकी मैले आज भन्दा पहिला यति ठुलो सेलिब्रेसन कहिले पनि गरेकी थिइन् ।’

मनोज गजुरेलसँग डिभोर्स भएपछि पहिलो बार्षिकोत्सव मनाउँदै मिना ढकाल

Logo