२६ देशबाट श्रृंखलाको उमेरदेखि उचाईसम्मको खोजी

२६ देशबाट श्रृंखलाको उमेरदेखि उचाईसम्मको खोजी

केन्द्रबिन्दु
0
Shares

मिस नेपाल श्रृंखला खतिवडाको चर्चा अझै सकिएको छैन । चीनमा भएको सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ मा उत्कृष्ट १२ सम्म पुगेकी श्रृंखलाले ‘ब्युटी अफ पर्पज’ र ‘मल्टिमिडिया अवार्ड’ जितेकी थिईन् । बर्ष २०१८ मा श्रृंखलाले आफु मात्रै चम्किएनन् नेपालको नाम समेत विश्वभर फैलाइन् ।

उनै श्रृंखलालाई बिश्वका २६ वटा देशबाट सर्वाधिक खोजी गरिएको पाइएको छ । सबैभन्दा चर्चित सर्च ईन्जिन गुगलले यो तथ्यांक सार्वजनिक गरेको हो । श्रृंखलालाई २०१८ को जनवरी, अप्रिल, नोभेम्बर र डिसेम्बर महिनामा सर्वाधिक खोजी गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १ सम्म उनको लोकप्रियता शतप्रतिशत देखिन्छ ।

श्रृंखलालाई नेपालबाट सबैभन्दा बढी खोजी गरिएको देखिन्छ । छिटपुट खोजी गरिएको देशलाई भने गुगलले समावेश गर्दैन । गुगलमा श्रृंखलाको उमेरदेखि उचाईसम्म खोजी गरिएको छ । नेपालमा भने सबेभन्दा बढी पूर्वाञ्चलमा उनको खोजी भएको छ । त्यसपछि क्रमशः मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलबाट खोजी भएको देखिन्छ ।

उनलाई भिलेज इन नेपाल, मिस वर्ल्ड , मिस नेपाल, श्रृंखल खतिवडा, श्रृंखला खतिवडा भोट, श्रंखला खतिवडा इन्सटाग्राम, हाउ टु डु भोट, श्रृंखला खतिवडा हाइट, श्रृंखला खतिवडा एज लगायतका विषयहरुबाट खोजी गरिएको देखिन्छ ।

५ फिट ७ इञ्च अग्ली श्रृंखलाले २४ औं मिस नेपालको उपाधि जितेकी थिइन् ।

कुन देश कुन स्थानमा ?

१) नेपाल
२) भुटान
३) कतार
४) युनाइटेड अराब इमिरेट्स
५) मौरिटियस
६) बङलादेश
७) भारत
८) मलेशिया
९) अस्ट्रेलिया
१०) हङकङ
११) साउथ कोरिया
१२) पोर्चुगल
१३) साउदी अरेबिया
१४) युनाइटेड किङडम
१५) इन्डोनेशिया
१६) युनाइटेड स्टेट अमेरिका
१७) सिंगापुर
१८) क्यानाडा
१९) जापान
२०) भियतनाम
२१) फिलिपिन्स
२२) थाइल्याण्ड
२३) टर्की
२४ं) फ्रान्स
२५) मेक्सिीको
२६) जर्मनी

Logo