इन्डियन आइडल–१० को ट्रफी हरियाणाका सलमान अलीले उचाले

इन्डियन आइडल–१० को ट्रफी हरियाणाका सलमान अलीले उचाले

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । ‘इन्डियन आइडल’ को १० औँ संस्करणको उपाधी हरियाणाको मेवातका सलमान अलीले उचालेका छन् । आइतबार राति भएको फाइनलमा अरु चार प्रतिस्पर्धीलाई पछि पार्दै सलमान अलीले इन्डियन आइडल १० को ट्रफी उचालेका हुन् ।

आइतबार भएको फिनालेमा भएको लाइभ भोटिङ तथा अघिल्लो हप्ता र शनिबार प्राप्त भएको भोटको आधारमा अली पहिलो भएका हुन् ।

हिमाञ्चल प्रदेशका अंकुश भारद्वाज दोस्रो भए । उपाधि जितेको सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र एउटा कार उपहारमा पाएका छन् । यस्तै दोस्रो भएका अंकुशले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाए ।

बहुचर्चित बनेको इन्डियन आइडलको यो सिजनको सेकेण्ड रनरअप अर्थात तेस्रो स्थानमा १६ वर्षकी निलान्जन रे भईन । यस्तै नितिन कुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा रहे ।

निलान्जनाले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाइन् भने नितिन र विभोरले तीन–तीन लाख भारतीय रुपैयाँका साथ उपहारहरु पाए ।

Logo