रातो गुलाफका लागि १२ वर्षमा चुम्बन बेचें- शृंखला खतिवडा

रातो गुलाफका लागि १२ वर्षमा चुम्बन बेचें- शृंखला खतिवडा

केन्द्रबिन्दु
0
Shares

मिस वर्ल्डमा प्रतिस्पर्धा गरेर टप १२ बाट बाहिरिएकी मिस नेपाल शृंखला खतिवडा पछिल्लो समय महिला हिँसाबिरुद्ध लेख्न थालेकी छन्।  खतिवडाले सामाजिक संजाल इन्स्टाग्राममा केही दिनदेखि बिभिन्न रंगहरुको संयोजन गर्दै महिला हिँसाका धारणाहरु लेख्दै थालेकी हुन् ।

उनले निलो, रातो, पहेलो लगायतका रंगहरुलाई सांकेतिक रुपमा प्रयोग गर्दै आफ्नो धारणा राख्दै आएकी छन्। पछिल्लो समय चलिरहेको मि टु अभियानका सन्दर्भमा उनले राखेको एउटा धारणा अहिलेसम्म ४१ हजारले मन पराएका छन्।  उनले राख्ने धारणा कथा शैलीको छ।  यदपि यो उनको आफ्नै कथा हो वा काल्पनिक कथामार्फत संदेश दिन खोजेका हुन् त्यो भने उनले खुलाएका छैनन्।

पछिल्लो पटक उनले भ्यालेन्टाइन सम्बन्धि कथा पोष्ट गरेकी छन् । पोष्टमा   #wedeservebetter  #sayyestosayno  #rape #abuse #metoo  लगायतका ह्यासट्याग लगाएकी छन् ।

भ्यालेन्टाइन सम्बन्धी धारणा 

‘रातो…. म १२ वर्षको हुँदा एउटा रातो गुलाफका लागि आफूभन्दा पाँच वर्ष जेठोलाई चुम्बन बेचेँ । उनले आफ्नो रातो बाइकमा मलाई सधैं घुमाउने गर्थे र म उनलाई बस स्ट्यान्डमा कुरेर बसिरहेको हुन्थें । एक दिन उनी रोकिए, हेलमेट खोले, कर्ली कपाल मिलाए । रातो बाइकमा सवार उनी मतिर हेरेर मुस्कुराए । भ्यालेन्टाइन्स डेको दिनमा उनले मलाई रातो गुलाफ दिए, मलाई बाइक पछाडि हालेर एउटा अँध्यारो कोठामा लगे । जब हामी हिँडिरहेका थियौं उनले टेबलमा बसिरहेका केटाहरुसँग नजर साटे । उनले मलाई यसरी चुम्बन गरे कि त्यहाँ कोही पनि छैनन्, म एक वस्तु हुँ र उनलाई मेरो ओठसँग मात्र सरोकार छ । म त्यहाँ लाचार उभिरहेँ । उनले मेरो स्तन समाते । उनले मेरो ओठबाट जीवन नै तानिरहेका थिए । उनी दुष्ट मुस्कानसहित पछाडि हटे, उनको र्याल र मेरो रगत आफ्नो बाहुलाले पुछे, मलाई मातेको रातो आँखाले हेरे…. मेरो पहिलो चुम्बन !’ ‘उनले मलाई अँगालो हाले । नजिकै भएका उनीहरुका साथीहरुले मेरो सुन्निएको ओठ हेर्दै आफ्नो साथीको पछिल्लो विजयलाई मुस्कानसहित तारिफ गरे ।’ ‘तर उनले मलाई साँच्चै नै मन पराउछन् किनभने उनले मलाई भ्यालेन्टाइन्स डेमा रातो गुलाफ दिएका हुन् ।’

त्यसै गरि उनको अर्को पहेलो रंगसहितको पोष्टमा ४ बर्ष हुँदा नग्नता बेचेको कथा लेखेकी छन्।

Logo