म्युजिक भिडियो कलाकार संघले सोमबार रक्तदान कार्यक्रम गर्दै

म्युजिक भिडियो कलाकार संघले सोमबार रक्तदान कार्यक्रम गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली म्युजिक भिडियोमा काम गर्ने कलाकारहरुको संस्था (म्युजिक भिडियो आर्टिष्ट एसोसियसन नेपाल) एमभानले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

शिक्षण अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा एमभानले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान बिहान ८ बजेदेखि शिक्षण अस्पतालको प्राङ्गणमा हुने संस्थाका महासचिव एबं रक्तदान कार्यक्रममा संयोजक महेन्द्र गौतमले जानकारी दिए । म्युजिक भिडियो कलाकार संघमा पैसठ्ठी जना सक्रिय कलाकारहरु आवद्द रहेका छन् ।

कलाकार भन्दा बाहेक सर्वसाधारणलाई पनि रक्तदानको लागि आग्रह गरिएको एमभानका अध्यक्ष शंकर बिसीको भनाई छ । न्युनतम पचास प्रिन्ट रगत संकलन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष सम्झना बुढाथोकीले बताईन् ।

यो संस्थामा सदस्य हुनको लागि न्युनतम १० वटा भिडियोमा शिर्ष भूमिकामा अभिनय गरेको व्यवसायी कलाकार हुनुपर्ने प्रावधान रहेको छ ।

संस्थाले सामाजिक कार्यको लागि आउदो फागुनमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिरहेको छ । अध्यक्ष शंकर बिसिको संयोजकत्वमा गरिने उक्त कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिनेछ ।

Logo