नेपाल आइडल–२ को विजेताको ताज रवि ओडलाई

नेपाल आइडल–२ को विजेताको ताज रवि ओडलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को विजेताको ताज रवि ओडले पहिरिएका छन् । फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।

चौथो भएकी अस्मिता अधिकारीले होन्डाको तर्फबाट स्कुटर पाएकी छिन् । तेस्रो स्थान सुमित पाठकले हाशिल गरेका छन् । उनले १२ लाख नगद पाएका छन् । त्यसै गरि दोस्रो स्थानमा रहेका विक्रम बरालले २० लाख नगद पाएका छन् भने पहिलो स्थान हाशिल गरेका रवि ओडले होण्डाको गाडी र नगद २२ लाख प्राप्त गरेका छन् ।

नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य हुन् । जजमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा छन् । फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको थियो।

को हुन नेपाल आइडल रवि ओड ?

नेपाल आइडलको दोस्रो संस्करणमा टप फोरको सूचीमा सुदूरपश्चिमबाट एक जना मात्रै प्रतिस्पर्धी थिए, रवि ओड। धनगढी अडिसनमा कमल खत्रीको ‘जाउला रेलैमा’ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए । रवि ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धी हुन् । शिव परियार, सुगम पोखरेल र हेमन्त रानाका गीत उनलाई बढी मन पर्छन् । सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे । विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइहाल्थे । ‘मेरो बाजे स्थानीय देउडा गाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सबै जनाले मलाई बाजेको गुण सरेको थियो ।’

भावुक हुँदै उनले भने यो सबैको जित हो । आगामी दिनमा तपाईंहरुको मन जित्ने काम गर्ने छु । जिताउन सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

Logo