ह्यापी बर्थडे मिस्टर खान

ह्यापी बर्थडे मिस्टर खान

केन्द्रबिन्दु
0
Shares

आज बलिउडको सबैभन्दा ठूलो खान सुपरस्टारको जन्मदिन हो । अच्चमको कुरा त के हो भने यि खान सिर्फ २ वर्षका मात्र भए । तर यिनको स्टारडमको कुरा गर्ने हो भने सलमान खान र शाहरुख खानलाई पनि पछि पार्छन् । यि बर्थडे ब्वाई हुन्, तैमुर अलि खान ।

तैमुर, बलिउडको पहिलो बिकिनी गर्ल शर्मिला टैगोरको नाती, बलिउडको जिरो फिगरकी नायिका करिना कपुरको छोरा र बलिउडको सबैभन्दा ठूलो घरना कपुर खानदानको भान्जा र नाती हुन् । तर उनको परिचय यतिमै सिमित छैन् ।

पुरै फिल्म इन्डस्ट्रिदेखि लिएर आम मानिससम्म तैमुर हरेकको फेभरेट बनेका छन् । उनको कुनै पनि फोटो सार्वजनिक हुने वित्तिकै भाइरल हुन केही बेर लाग्दैन । यो उनको दोस्रो जन्मदिन हो । २ वर्षमै उनी स्टार बनिसकेका छन् ।

करिना कपुर र सैफ अलि खानको छोरा तैमुर आमाबुबाको स्टारडमलाई पनि ओझेलमा पारेका छन् । जव उनी आमाबुबासँग देखिन्छन् क्यामेरा सिर्फ तैमुरतिर सोझिन्छ । क्यामेर उनीतिर सोझिएपछि उनी पोज दिन थाल्छन् ।

‘क्युट’ तैमुर पनि क्यामेरामा खुब रमाईलो गर्छन् । कुनै बेला करिनालाई पनि छोरा सम्हाल्न मुस्किल पर्छ । क्यामेरा देखेपछि तैमुरलाई त्यँहाबाट निकाल्न हम्मे हम्मे पर्छ । क्यामेरा फ्रेन्डली तैमुर क्यामेरामेनले बोलाएपछि खुशी हुँदै पोज दिन थाल्छन् । तैमुरको क्युटनेस मम्मी पापासँग मिल्छ । उनी मिडियाको सबैभन्दा ‘फेबरेट’ हुन् । उनी भबिष्यमा कति ठूलो सुपरस्टार बन्छन् भनेर उनको क्यामेरा प्रतिको प्रेम र क्रेज देखेर अन्दाज लगाउन सकिन्छ ।

एक अन्तर्वार्ताको क्रममा करिनाले ठट्टा गर्दै करण जोहरको बच्चा यश र रुहीसँग तैमुरको फिल्म फाइनल गरेकी थिइन् । जव तैमुरको जन्म भएको थियो उनको परिचय र नामको घोषणा करणले गरेका थिए । यस नामको लागि करिना ट्रोलको शिकार समेत भएकी थिइन् । तर तैमुरको पहिलो तस्बिर सार्वजानिक हुने वित्तिकै सबैथोक बिर्सिए । तैमुर यस्तो स्टार बनिसके जसको २ वर्षमा सोसल मिडिया र फ्यान पेजमा राम्रो ‘फ्यान फलोइङ’ छ ।

Logo