नाटक ‘लिलामे माइलो’ प्रदर्शनको अन्तिम सातामा

नाटक ‘लिलामे माइलो’ प्रदर्शनको अन्तिम सातामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली मौलिक कथा वस्तुमा निर्माण गरिएको लोक नाटक ‘लिलामे माइलो’ प्रर्दशनीको अन्तिम सातामा प्रवेश गरेको छ । मंसिर १४ गतेबाट सुरु भएको नाटक पुस ७ गते सम्म मञ्चनमा रहनेछ । नयाँ बानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा सो नाटक मञ्चन भैरहेको छ ।

नाटक बुधबार बाहेक हरेक दिन ४ः३० बजे मञ्चन हुन्छ भने शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे मञ्चन हुने गरेको छ । रिमेक ड्रामा बन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलोे पृथक नेपाली मौलिक कथा वस्तुमा बनेको कारणले पनि दर्शकको राम्रो साथ पाईरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए । नाटक मगर समुदायको कथा वस्तुलाई लिएर बनाईएको छ ।

नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । लिलामे माइलो फेमेली ड्रामा हो । सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहनसन, सँस्कृती, पर्व, ति गाउँले जीवनयापन गर्नेहरुको जीवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत गरिएको छ ।

सलमान खान, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, विजय नेपाल, विरेन्द्र खाती, अलविना न्यौपाने, मनोज थापामथर, स्रजिव राई, नमस्ते दिवाकर घिमिरे, विपना थापा, ललित मगर, चक्र विष्ट लगायतका कलाकारहरुले यस नाटकमा अभिनय गरेका छन् ।

नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता राजाराम गौतमले जानकारी दिए ।

सामाजिक उत्तरदायीत्व निर्वाहको लागि भन्दै नाटक मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई देखाईएको थियो भने मंसिर १३ गते वृद्धाश्रमका महिलाहरुलाई निःशुल्क देखाईएको थियो ।

लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता राजाराम गौतमले बताए । नाटक माइला भएर जन्मनुभएकाहरुले निःशुल्क हेर्न पाउने छन् ।

सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता गौतमले बताएका छन् ।

Logo