फेरि शाहरुख र काजोल एउटै पर्दामा रोमान्स गर्ने

फेरि शाहरुख र काजोल एउटै पर्दामा रोमान्स गर्ने

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री काजोल लामो समयपछि एउटै फिल्ममा अभिनय गर्ने भएका छन् । उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाउने गरेका छन् ।

शाहरुख र काजोलको फ्यान उनीहरुको फिल्मको प्रतिक्षामा रहने गर्दछन् । अब उनीहरुको फयानको प्रतिक्षाको घडी समाप्त भएको छ । अन्ततः शाहरुख र काजल लामो समयपछि एकपटक फेरि एउटै पर्दामा देखिन लागेका हुन् ।

उनीहरुको अभिनय रहने फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेल रहेको बताइएको छ । काजल र शाहरुखको मुख्य अभिनय रहने यस फिल्मको शुटिङ न्युयोर्कमा हुने बताइएको छ ।

यो फिल्ममा शाहरुख र काजोलको साथमा इरफान खानको पनि अभिनय रहने छ । इरफानले पहिला नै प्रदर्शनमा आएको फिल्म ‘हिन्दी मिडियम’ मा पनि अभिनय गरेका थिए ।

बलिउडका यी रिल लाइफ हट जोडीले दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता हे, कभि खुसी कभि गम, माई नेम इज खान लगायतका सुपरहिट फिल्महरुमा काम गरिसकेको छन् । काजोल अभिनित पछिल्लो फिल्म ‘हेलीकप्टर ईला’ रहेको थियो भने शाहरुख अहिले फिल्म ‘जीरो’ को प्रमोशनमा व्यस्त छन् ।

Logo