नायिका खोज्दै जाँदा लाइफ पार्टनर पाएँ: निर्देशक दिवाकर भट्टराई (भिडियो अन्तर्वार्ता)

नायिका खोज्दै जाँदा लाइफ पार्टनर पाएँ: निर्देशक दिवाकर भट्टराई (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली फिल्म इन्डिस्ट्रीकी हट कपल नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले केहि महिना अघि इन्गेजमेन्ट र कोर्ट म्यारिज गरेका थिए ।

उनीहरुको प्रेम सम्बन्ध कामकै सिलसिलामा फिल्म ‘ऐश्वर्य’ को सेटबाट सुरु भएको थियो । उनीहरुले विवाह भने आगामी वर्ष मात्र गर्ने बताएका छन् । दीपिकाले फिल्म ऐश्वर्यबाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

‘हाम्रो प्रेम सम्बन्ध सुरु हुँदा हाम्रो करियर पनि भर्खर सुरु भएको थियो त्यसैले हामीले हाम्रो सम्बन्ध ३ वर्ष सम्म गोप्य नै राख्यौं’ उनीहरु भन्छन् ।

दीपिका अभिनित दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ ले पनि बक्स अफिसमा राम्रो व्यापार गर्यो । साथै दिवाकरको निर्देशन रहेको फिल्म ‘क्याप्टेन’ पनि प्रदर्शनको तयारीमा छ । तलको भिडियोमा हेरौं दीपिका र दिवकरसँग गरिएको रमाइलो कुराकानीः

 

Logo