कसरी मिल्यो सारालाई फिल्म ‘सिम्बा’ ?

कसरी मिल्यो सारालाई फिल्म ‘सिम्बा’ ?

केन्द्रबिन्दु
0
Shares

सैफअलि खानकी छोरी सारा अलि खान यतिबेला फिल्म ‘केदारनाथ’ ले गर्दा निकै चर्चामा छिन् । साराको यो डेब्यु फिल्म हो ।

केदारनाथबाट उनले दर्शकहरुको राम्रो प्रतिक्रिया पाईरहेकी छन् । अब साराका फ्यानहरु उनको दोस्रो फिल्म ‘सिम्बा’ को प्रतिक्षामा छन् । यो फिल्ममा साराको साथमा रणवीर सिंहको मुख्य भुमिका रहेको छ । सिम्बा रिलिज हुनु पूर्व नै सारा र रणवीरको केमेस्ट्र्रीको चर्चा चलेको छ । उनीहरुको केमेस्ट्र्रीलाई दर्शकहरुले निकै रुचाएका छन् ।

भारतीय मिडियामा उल्लेख गरिए अनुसार सारालाई फिल्म सिम्बाको लागि केदारनाथका निर्देशक अभिषेक कपूरले रोहित सेठीलाई भनेका थिए । रोहित सेठी सिम्बाका निर्देशक हुन् । निर्देशक अभिषेकले सिम्बाका निर्देशक रोहितलाई फोन गरेर सारालाई फिल्म सिम्बामा लिन आग्रह गरेका थिए ।

साराले आफ्नो पहिलो फिल्म ‘केदारनाथ’ मा शुसान्त सिंह राजपुतसँग स्क्रिन शेयर गरेकी थिइन् भने सिम्बामा उनी रणवीर सिंहसँग रोमान्स गर्दैछिन् । सिम्बाको ‘आख मारे’ बोलको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । यो फिल्म यही डिसेम्बर २८ बाट रिलिज हुदैछ ।

Logo