फिलिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स २०१८, नेपालकी मनिता टप १० मा

फिलिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स २०१८, नेपालकी मनिता टप १० मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले पहिरिएकी छन् । थाइल्याण्डकको बैंककमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० मा पुगिन् । अन्तिम प्रतिस्पर्धामा मनिता यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।

मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए । यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा टप १२ सम्म पुगेर बाहिरिएकी थिइन् ।

Logo