पशुपति शर्मा र मञ्जु पौडेल लिएर आए ‘गाह्रो हुन्छ फेरि’ (भिडियो)

पशुपति शर्मा र मञ्जु पौडेल लिएर आए ‘गाह्रो हुन्छ फेरि’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्कुले दिन सम्झाउने खालको गीत सार्वजनिक भएको छ । स्कुल पढ्दा आफ्नो मायालुसँग कुराकानी गर्दा आउने समस्यालाई यस गीतमा समेट्न खोजिएको छ । चर्चित गायक पशुपति शर्मालाई अर्की चर्चित गायिका मञ्जु पौडेलले साथ दिएकी छन् । दुनियालाई

‘हाम्रो माया तारो हुन्छ फेरि, तिम्लाइ मलाइ भेटघाट गर्न गाह्रो हुन्छ फेरि’ बोलका लोक दोहोरी गीतको म्युजिक भिडियोलाई अर्जुन पोखरेलले निर्देशन गरेका छन् ।

विवेक खड्काको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई विवेक विकले खिचेका हुन् । यादव लम्साल गीतकार रहेको भिडियोलाई विवेक खड्काले नै सम्पादन गरेका छन् ।

Logo