किन गाह्रो हुने भएछ पशुपति शर्मा र मञ्जु पौडेललाई ? ( हेरौं भिडियोमा )

किन गाह्रो हुने भएछ पशुपति शर्मा र मञ्जु पौडेललाई ? ( हेरौं भिडियोमा )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाली लोकदोहोरी क्षेत्रमा पशुपति शर्मा र मञ्जु पौडेल चिनाइराख्नु पर्ने नाम होइन । कहिले क्याम्पस पढ्न आउनी , कहिले अमेरिका यहि त कहिले तीज, दशैं तिहारका गीतहरु गाएर चर्चा बटुल्ने गरेका यी गायक गायिकाहरुले बेला बेलामा अहिले पनि नयाँ प्रस्तुतीका साथ दर्शक स्रोता माझ आफ्नो उपस्थितीलाई निरन्तरता दिइ नै रहन्छन् । जति गीतहरु बजारमा आउँछन् ती सबैजसोले केहि न केहि रुपमा दर्शक र स्रोताको मन जित्न पनि सफल नै हुने गरेका छन् ।

यसैक्रममा उनीहरुको हालै मात्र सार्वजनिक भएको पछिल्लो गीत हो गाह्रो हुन्छ फेरी । यसमा गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेलको दमदार प्रस्तुती पाइन्छ । नेपाली गित संगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी गायिका मञ्जु पौडेल र गायक पशुपति शर्माले यस गितमा नयाँपन दिने प्रयास गरेका छन् । गित मायाप्रेममै आधारित भएपनि लोकलयले दर्शक स्रोताको मन छुने विश्वास गरिएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको यस गितलाई यादव लम्सालले सिर्जना गरेका हुन् भने अर्जुन पोख्रेलले संगित भरेका छन् । यसमा विवेक खड्काले म्युजिक भिडियोको निर्देशन गरेका छन् । गितको म्युजिक भिडियोमा गायक गायिकाद्वयलाई पनि देख्न पाइन्छ । साथमा अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् । यस गितलाई बिएमएस फिल्मस्ले सार्वजनिक गरेको हो । हेरौं भिडियोमा :

Logo