सेड्रिना शर्मा फिचर्ड ‘मेरी आमा’ सार्वजनिक

सेड्रिना शर्मा फिचर्ड ‘मेरी आमा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

गायिका मेलिना राईको नयाँ गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । मेलिना राईले गाएको गीतमा प्रलाद शाहको शब्द रहेको छ भने नबिन कार्कीले संगीत भरेका छन् ।

चलचित्र ‘नाई नभन्नु ल ५’ बाट बाल कलाकारको रुपमा डेब्यु गरेकी सेड्रिना शर्मा र शान्ति गिरी यो गीतमा फिचर्ड छन् । विकास सुवेदी निर्देशित गीतलाई अनिल के मानन्धरले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

यो गीत मार्फत नेपालमा दिनहुँ हुने गरेका बलात्कारका घटना विशेषत निर्मला पन्तको लागि न्याय मागिएको छ ।

https://www.youtube.com/watch?v=pYIuZRA6PzA

Logo