हिमान्ससँग ब्रेकअपपछि सुटिङमै रोइन् नेहा कक्कर

हिमान्ससँग ब्रेकअपपछि सुटिङमै रोइन् नेहा कक्कर

केन्द्रबिन्दु
0
Shares

गायिका नेहा कक्कर र हिमान्स कोहली लामो समयदेखि चर्चाका रहेका छन् । यी दुइको बिवाह कहिले हुन्छ भनेर उनीहरुको प्रशंसक कुरिरहेका छन् । तर नेहा र हिमान्सको ब्रेकअप भएको खबर बाहिर आएको छ । उनीहरु ४ बर्षदेखि एक अर्कालाई डेट गरिरहेका थिए । दुवैले इनस्टाग्राम अकाउन्टमा एक अर्कालाई अनफलो गरेका छन् ।

इन्डियन आइडलको मञ्चमा हिमान्सले नेहालाई प्रपोज गरेका थिए । त्यसपछि नेहाले रोमान्टिक तरिकाले हिमान्सको प्रेम स्वीकारेकी थिइन । तर उनीहरुको प्रेम लामो समयसम्म टिक्न सकेन ।

नेहा कक्कडको इनस्टाग्राम एकाउन्टबाट हिमान्ससँगको रोमान्टिक फोटो र भिडियो पोस्ट गायव भएको छ भने उता हिमान्सको एकाउन्टमा भने नेहासँगको फोटो देख्न सकिन्छ । तर यस बिषयमा दुबै जनाले मुख खोलेका छैनन् । हिमान्स कोहलीले फिल्म ‘यारियान’ बाट बलिउडमा डेब्यु गरेका थिए । एक्टर हिमान्स र गायिका नेहा ‘ओ हमसफर’ मासँगै देखिएका थिए ।

सुटिङमै रोइन नेहा

ब्रेकअपपछि पर्सनल लाइफसंगै प्रोफेसनल लाइफमा पनि प्रभाव परेको छ । नेहा रियालिटि शो इन्डियन आइडलको सुटिङको क्रममा सेटमै रोएकी थिइन । डिसेम्बर १३ मा सुटिङ गरिरहेको बेला एक प्रतियोगीले इमोसनल गीत गाएपछि नेहाले आफुले आफुलाई सम्हाल्न गाह्रो भएको थियो । उनी भावुक भएकी थिइन् र सेटमै रुन थालिन ।

सेटमा जानु भन्दा अघि नै उनको मुड ठिक थिएन । नेहा जहिले पनि सेटमा हाँस्ने मुस्कुराउने गर्थिन् । सामन्यतया नेहा क्यामेराको अगाडि रिटेक लिन्न थिइन् । चाहे रुनुहोस् वा हाँस्नुहोस्, उनको स्वभाविक रुपमा बाहिर आउथ्यो ।

तर यस पटक भने टिमले पर्फेक्ट सट लिन धेरै टेक लिनु परेको थियो । त्यसपछि उनले केही मिनेट ब्रेक लिनु परेको थियो । ब्रेकपछि फेरि सुुटिङ सुरु भयो । नेहाले च्यानललाई रोएको भिडियो एडिट गर्न पनि लगाएकी थिइन् ।

Logo